अमेरिकी सेना अब अन्तरिक्षमा पनि

  
  प्रकाशित मितिः बुधबार, असार २०, २०७५       | 192 Views   ||

विश्वको शक्तिराष्टू अमेरिकाले जल,स्थल तथा वायु क्षेत्रमा आफ्नो सैनिक उपस्थितिलाई त मजबुत बनाएकै छ । अब अमेरिकी सेना अन्तरिक्षमा पनि तैनाथ हुने भएको छ । राष्टूपति डोनाल्ड टूम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार गर्न आदेश दिएका छन् । अन्तरिक्ष सेना अमेरिकी सेनाको छैटौँ शाखा हुनेछ र यसले अन्तरिक्षमा अमेरिकी दबदबालाई सुनिश्चित गर्ने छ ।

राष्टूपति टूम्पले अमेरिकासँग सशक्त वायुसेना रहेको भएपनि अब छुट्टै स्पेस फोर्स अर्थात अन्तरिक्ष सैन्य बल गठनका लागि अघि बढिरहेको बताएका छन् । अमेरिकी अन्तरिक्ष काउन्सिलको एक कार्यक्रममा बोल्दै टूम्पले अमेरिकाको रक्षाको सबालमा केवल अन्तरिक्षमा अमेरिकी उपस्थिति भएर मात्र नपुग्ने र अन्तरिक्षमा अमेरिकी दबदबानै हुनुपर्ने वताएकाछन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *