एसईईको नतिजालाई कसरी हेर्नु भएको छ ?

  
  प्रकाशित मितिः बुधबार, असार २०, २०७५       | 168 Views   ||

शिक्षा क्षेत्रमा आमूल परिवर्तन गनैपर्छ
तिलबहादुर घर्ती,
प्रिन्सिपल सिद्धार्थ एकेडेमी,घोराही

समग्रमा राष्टिूयस्तरमा एसईईको नतिजा यस बर्ष गत बर्षको तुलनामा खस्केको देखिन्छ । दाङमा भने गत वर्षको भन्दा यस बर्ष नतिजा राम्रो आएको देखिन्छ । अहिले आम बिद्यार्थी तथा अभिभावकहरुमा एसईईको परिक्षा र नतिजा प्रति विश्वास गुमेको छ । परिक्षामा जुन ढंगको जनशक्ति परिचालन हुनुपर्ने हो त्यो हुन सकेको छैन । विद्यार्थी तथा अभिभावकहरु ग्रेडिङ सिस्टम बारे अलमलमा छन् ।

विद्यार्थीहरु पास भइहालिन्छ नि भनेर पढ्न छाडेका छन् । विगतको तुलनामा अहिले विद्यार्थीहरु प्रतिष्पर्धा पनि कम गरिरहेको देखिन्छ । जिपिएको बारेमा नबुझ्दा विद्यार्थीले दुःख पाएका छन् । जब कक्षा ११ मा भर्ना गर्दा जिपिए अंक कम भएका कारण विद्यार्थी भर्ना हुन पाउँदैनन तब मात्रै मेहनत नगरेकोमा पछुताउछन् ।ग्रेडिङ सिष्टम भनेको सबैलाई पास गर्ने सिस्टम होइन ।यो त विद्यार्थीको उचित बर्गीकरण गर्ने माध्याम हो । पास भयो भन्दैमा जस्तो अंक ल्याएपनि अध्ययन गर्न पाउने भन्ने हुँदैन् । समग्रमा नेपालको शिक्षा प्रणाली निकै परम्परागत छ । बिद्यार्थीहरुको कोर्षको आधारमा सिकाउने गरिन्छ ।

बाहिरी ज्ञान विद्यार्थीहरुले प्राप्त गर्न सकेका छैनन् । कोर्षको आधारमा बिद्यार्थीलाई घोकाउने परिपाटी निकै गलत हो । अब हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गनैपर्छ । विद्यार्थीलाई घोकन्ते शिक्षा होइन व्यवहारीक र वैज्ञानिक शिक्षा प्रदान गर्न जरुरीछ । अब हाम्रा विद्यार्थीहरु विद्यालय गएर किताबका कुरा सिक्ने मात्र होइन आफ्नो जिवन जिउने कला सिक्नुपर्छ । प्राथमिक तह उत्र्तीण गरिसक्दा सम्मको विद्यार्थीले आफ्नो राष्टूको बारेमा आधारभूत कुरा सिकिसक्नु पर्छ ।

परनिर्भरमुखी शिक्षा प्रणालीले हामीलाई सहि ढंगले अघि बढाउन सक्दैन् । एउटा विद्यार्थीले विद्यालय गएर आफ्नो जीवनलाई कसरी सहि ढंगले अघि बढाउन सकिन्छ भनेर सिक्नुपर्छ । उसले नैतिक र व्यवहारीक शिक्षा सिक्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *