एसईईको नतिजालाई कसरी हेर्नु भएको छ ?

  
  प्रकाशित मितिः बुधबार, असार २०, २०७५       | 176 Views   ||

सरकारले प्राविधिक शिक्षालाई जोड दिएको छ
उद्धव न्यौपाने,प्राचार्य उमावि रझेना
यस बर्षको एसईईको नतिजा समग्रमा हेर्दा पोहोरको भन्दा कमजोर देखिन्छ । बिद्यार्थी वर्गमा उनीहरुको इच्छा अनुसार पढाउन नसक्दा उनीहरुमा पठन संस्कृति हट्दै गएको छ । विद्यार्थीहरुको इच्छा प्राविधिक शिक्षा तर्फ छ । उनीहरु प्रविधिमैत्री शिक्षा चाहन्छन् । तर, हामी विद्यार्थीहरुलाई परम्परागत रुपमा शिक्षा प्रदान गरिरहेका छौं । अब हामी शिक्षकहरुपनि प्रविधि मैत्री हुन जरुरी छ । विद्यार्थीलाई कसरी पढ्ने रुची बनाउने भनेर हामीले गम्भिर भएर सोच्नुपर्छ । सरकारले कक्षा ९ देखि नै विद्यार्थीहरुलाई रुची अनुसारको विषय रोज्ने व्यवस्था गरेको छ । यो ठिक कुरा हो । अब विद्यार्थीलाई रुचि अनुसारका बिषय पढ्न पाउने व्यवस्था गर्नुपर्छ । विगतमा जस्तो एउटै विद्यार्थीले सबै सबै विषय पढ्ने कुराको अन्त्य हुनुपर्छ । अब एउटा व्यक्ति एउटै बिषयमा विज्ञ हुन जरुरी छ । एउटै विषयमा ज्ञाता भएमा पनि एउटा व्यक्तिले आफनो जिन्दगी जिउन सक्ने खालको रोजगारी प्राप्त गर्न सक्छ । अब विगतमा जस्तो एउटै विद्यार्थीलाई सबै विषयको जानकारी मुलक शिक्षा दिएर हुँदैन् ।विषयगत बिज्ञ उत्पादन तर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।विगतको तुलनामा अहिले सरकारले शिक्षामा धेरै सुधारका कामहरु गरिरहेको छ । प्राविधिक शिक्षा तर्फ राज्यको ध्यान केन्द्रित भएको छ । अब नेपालका विद्यार्थीहरुले विश्वका अन्य मुलुकका विद्यार्थीहरुसँग प्रतिष्प्रर्धा गर्ने वातावारण तयार गर्नुपर्छ । परम्परागत शिक्षाले हामीलाई सहि ठाउँमा लैजान सक्दैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *