मालिकको घरमा बर्षेनी एक जनाको हत्या

  
  प्रकाशित मितिः बुधबार, असार २०, २०७५       | 206 Views   ||

जनक नेपाली

घटना नं. १ ः
२०७५ जेठ २९ गते एक्कासी जमिन्दारको घरमा डोरीले झुण्डिएको अवस्थामा बर्दियास्थित बाँसगढी नगरपालिका कि अस्मिता थारु फेला परिन । मालिकै घरमा उनको हत्या भयो । अभाव टार्न स्थानीय दुर्गाबहादुर भण्डारीको घरमा कम्लहरी बस्दै आएकी अस्मिताको हत्या कसरी भयो ? यसबारेमा उनको परिवार अनविज्ञ छ । जमिन्दारले अस्मिताको हत्यालाई लुकाइराख्न अरुलाई थाहा नदिई परिवारलाई शव गाड्न लगाए । यौन प्यास मेट्न पटक÷पटक अस्मितालाई बलात्कार गदैं आएका घरबेटी जमिन्दारले अन्ततः ११ बर्षिय बालिका अस्मिताको ज्याननै लिए । अस्मिताको परिवार मुक्त कम्लहरी विकास मञ्च दाङमा जब आइपुगे तब यी सबै रहस्य खुले ।
घटना नंंं. २ ः
२०७० मा देउखुरी लालमटियाकी सृजना चौधरीको जमिन्दारको घरमा जलेर मृत्यु भएको खबर आयो  । ललितपुर चाँकुपाटस्थित जमिन्दारको घरमा कम्लहरी बस्दै आएकी सृजना पटक(पटक घर मालिकद्धारा नै बलात्कृत भइन् । घर मालिकले यी सबै कुरा लुकाउन प्रयास नगरेका पनि होइनन् । भान्सा गर्ने क्रममा आगोले जलेर मृत्यु भएको भनिएकी चौधरीको घर मालिकले सबैकुरा लुकाउन सिर्जनाकोे शरीरमा मट्टितेल छर्केर हत्या गरे । टिकापुरकी सरिता चौधरी, धनगढी कि उर्मिला राणा थारु,बर्दियाकै मेघी चौधरी र दाङ रामपुरकी सिमा होजामगरको अस्मिता र सृजना जस्तै गरी हत्या गरियो । बर्षेनी मालिकको घरमा तीनदेखि पाँच जनासम्म कम्लहरीको ज्यान लिने गरेको कम्लहरीको क्षेत्रमा काम गदंै आएको संस्था मुक्त कम्लहरी विकास मञ्च दाङले जानकारी दिएको छ ।

हालसम्म पनि हत्यामा संलग्न भएकालाई कारवाही न पीडितलेनै क्षतिपूर्ति पाएको मुक्त कम्लहरी विकास मञ्च दाङका अध्यक्ष सुनिता चौधरीले जानकारी दिनुभयो । जमिन्दारको घरमा बसेका कम्लहरीहरु प्रायः यौन शोषणमा पर्ने भन्दै प्रायः घर मालिकले यौन शोषणको कुरा छुपाउन उनीहरुको हत्या घर मालिकले गर्ने गरेको सुनिताको भनाई छ । पछिल्लो पाँच बर्षमा हत्याको श्रृंखला ह्वातैं बढेको भन्दै नियन्त्रणका लागि कसैले चासो नदिएको सुनिता भनाई छ । हत्यामा संलग्नलाई कानुनी कार्वाही नहुँदा यस्ता घटना बढ्दै गएको उहाँको भनाई छ ।

कम्लहरी हत्याको बिषय दुईदेखि सातलाख रुपैयाँसम्मको लेनदेनमानै मिलापत्र हुँदै आएको मञ्चकी अध्यक्ष सुनिताको भनाई छ । सबै कम्लहरीको यौन शोषण र घरेलु हिंसाबाट हत्या हुने भन्दै सरकार कम्लहरीका पक्षमा न्यायीक नबनेको उनले बताइन् । २०७० मा सरकार र मुतm कम्लहरी बीच दश बुँदे सहमति भएपनि हालसम्म सरकारले उक्त सहमति कार्यान्वयन नगरेको उनको आरोप छ । सरकारसँग मृतक सृजना र मेघी चौधरीको हत्या संलग्नलाई कारवाही र परिवारलाई उचित क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, कम्लहरीका लागि आवश्यकता अनुसार छात्र बृद्धिको व्यवस्था, कम्लहरी परिचयपत्र वितरण,सीपमुलक तालिमको व्यवस्था आदिको माग गदैंदुबै पक्ष बीच सहमति भएको थियो ।

सरकारले २०७० असार १३ गतेलाई मुक्त कम्लहरी देश घोषणा गरेतापनि अझै ९७ जना कम्लहरीलाई पुनस्थापना गर्न बाँकी रहेको मञ्चले जनाएको छ । जस मध्य दाङमा २१ बाँके ५,बर्दिया ३१,कैलाली २८ कन्चनपुर र अन्य ७ जनाको उद्धार गर्न बाँकी रहेको मञ्चको तथ्याङकमा उल्लेख गरिएको छ । सरकार र मुतm कम्लहरीको बिषयमा भएको १० बुँदे सम्झौंता कार्यान्वयन नभए आन्दोनलन गर्ने तयारीमा आफूहरु रहेको मुक्त कम्लहरी विकास मंञ्च दाङकी अध्यक्ष सुनिता चौधरीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *