कसैको पार्टी एकता हुन्छ भने हामीले इष्र्या गर्ने कुरै हुँदैन

  
  प्रकाशित मितिः बुधबार, असार २७, २०७५       | 128 Views   ||


चित्रबहादुर केसी,
अध्यक्ष राष्ट्रिय जनमोर्चा
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइसकेपछि तपाईहरुले स्वागत गर्नुभयो । त्यो कस्तो प्रकारको स्वागत हो ?

अहिलेको परिस्थितिमा संविधान जारी गर्ने कुरामा उनीहरुको भूमिका महत्वपूर्ण रह्यो । धर्म निरपक्षताको विषयमा उनीहरुको राम्रो भूमिका रह्यो । राष्ट्रियताको सवालमा पनि खास गरेर एमालेको भूमिका राम्रो रह्यो । त्यसो भएको हुनाले हामीले स्वागत ग¥यौं । उनीहरु बीच चुनावनी तालमेल हुँदा राम्रो परिणाम आयो । उनीहरुको राजनीति, सांगठनिक प्रकृया,नीति कार्यनीति, रणनीति मिल्छ । त्यस्ता शक्तिहरु बेग्ला,बेग्लै बस्नु भन्दा एकै ठाउँमा बस्नु राम्रो हुन्छ भनेर हामीले स्वागत गरेका हौं ।

उनीहरुको एकता भइसकेपछि तपाईहरुसँग पनि ‘लभ’ पर्न थाल्यो भन्छन त ! कतै मेसो मिलाएर ‘विहे’ गर्न खोज्नु भएको त होइन ?
कसैको पार्टी एकता हुन्छ भने हामीले इष्र्या गर्ने कुरै हुँदैन् । एमाले र माओवादी करिव, करिव एउटै पृष्ठभूमिबाट पैदा भएका हुन् । पछि दुई वटैले संसदबाट समाजवाद र साम्यवाद ल्याउने कुरा गरिसकेका छन् । जसका नीति र सिद्धान्त मिल्छन् । उनीहरु बीच एकता भएको छ राम्रो हो । हामीहरु उनीहरुसँग नजिकिएको भन्ने लगत हो । हामी एजेण्डाका आधारमा समर्थन र विरोध गर्छौं । नयाँ बनेको नेकपा र हामी बीच राजनीतिक लाइननै मिल्दैन् । यो एकताको तहसम्म पुग्ने सम्भावना छैन ।

एमाले र माओवादी केन्द्रबीच भएको एकताले नेपाली कम्युनिष्ट आन्दोलनलाई कत्तिको उचाईमा पु¥याउँछ । अथवा यो एकता कम्युनिष्ट धार भन्दा बाहिर गएर भएको हो ?
उनीहरु कम्युनिष्ट हुन कि होइनन् भन्ने कुरा छलफल गरिरहनु पर्दैन । हामीले उनीहरुलाई कम्युनिष्ट मानेकै छैनौं । जसलाई हामीले कम्युनिष्ट मानेकै छैनौं, उनीहरुलाई कम्युनिष्ट हुन कि होइनन भनेर धेरै चोटी भन्ने कुरा हुँदैन् । कमसेकम गणतन्त्रका लागि धेरै,थोरै राष्ट्रियताका लागि, जनतन्त्रका लागि उनीहरुले जुन भूमिका खेले त्यो सकारात्मक छ । त्यहि कारणले यो एकतालाई हामीले समर्थन गरेका हौं । समाजवादी र साम्यवादी हिसाबले हामीले उनीहरुलाई हेरेकै छैनौं । यो तत्कालको राजनीतिक संघर्षको बेलामा रहेको भूमिका लागि समर्थन गरेको हो ।
तपाईको दृष्टिकोणमा नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टी कस्तो चरित्र बोकेको पार्टी हो ?
उनीहरु माक्र्सवाद, लेनिनवाद र माओवादको आधारभूत सिद्धान्तलाई छोडिसके । यो धेरै पटक भनिसक्यौं । उनीहरुले नाम राख्न पाए । यसमा त हामीले विरोध गर्दै आएका छौं । पहिले देखि नै स्पष्ट गर्दै आएका छौं ।

प्रसङ्ग बदलौं, अहिले बजारमा राष्टिूय जनमोर्चाले विजनेस नै पाएको छैन । संविधान जारी नहुँदै संघीयताको विरोधमा राम्रो विजनेस ग¥यो । तर, संविधानबाट संघीयता कार्यान्वयन भइसकेपछि राजनीतिक विजनेस नै छैन भनेर कतिपयले टिप्पणी गर्छन् ? त्यस्तै भएको हो ?

मुलुकलाई जातीय राज्यमा फसाउन पश्चिमाहरुको जोड थियो । तराईलाई पहाडबाट अलग्याउने जुन योजना थियो त्यसलाई रोक्न राष्ट्रिय जनमोर्चा सफल भयो । त्यसको विरुद्धमा अहिले संघर्ष भइरहेको छ । पञ्चायती व्यवस्था लागू भइसकेपछि त्यस व्यवस्थाका विरोधीहरुको काम सकियो भन्ने थियो र ? त्यो राजनीति गर्न नजानेकाले भन्नका लागि भनेको कुरा हो । अहिलेपनि राष्ट्रिय जनमोर्चाले संघीयता खारेज नगरे संघीयताले राष्ट्र खारेज गर्छ भन्ने कुरा आम नेपाली जनताका बीचमा लगिएको छ । राष्ट्रिय जनमोर्चाले सत्ताधारीहरुले गर्ने विभिन्न विसंगतिहरुका बीच लडिरहेको छ । हामी अहिले पनि भण्डाफोर गरिरहेका छौं । हामी अहिले सरकारमा गएकाहरुको पछि लाग्ने, उनीहरुको चाकरी गर्ने भएको पो विजनेस सकियो भन्ने हो । तर,अहिले हामी त निरन्तर भण्डाफोर अभियान मै छौं । संघीयतालाई हामीले मात्र होइन राष्ट्रले स्वीकार गर्न सकेको छैन ।अहिले पनि राष्टिूय जनमोर्चाले देशको राष्ट्रियता, जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनताका पक्षमा सबैभन्दा अग्रिम पंक्तिमा छ । अहिले राष्ट्रिय जनमोर्चाको विजनेस हराएको होइन अझ थपिदै गएको छ ।

नेपालमा लामो वलिदान र संघर्षपछि गणतन्त्रलाई संस्थागत गर्ने गरी संविधान जारी भएर पनि कार्यान्वयन भइसकेको छ । अहिलेको नेपाली समाजको चरित्र हेर्दा हामी कुन अवस्थामा छौं ?
संविधानमा समाजवादउन्मुख जुन कुरा लेखिएको छ । अहिल नै समाजवाद स्थापना गर्न सकिदैन । तर, त्यतातिर जानका लागि सरकारले नीति कार्यक्रम ल्याउनु पर्ने हो । सरकार त्यतातर्फ जान सकेन । मुलुकमा व्याप्त भ्रष्टाचार बढिरहेको छ । महंगी बढेको छ, तस्करी बढेको छ । ऐन,कानून बनाउने क्रममा पनि पहिलेका शासकले जुन सिलसिला चलाएको थियो । त्यसलाई जारी राख्ने हो भने गणतनत्र संकटमा पर्छ । यो विषयमा सत्ताधारी दलहरुले समयमै सोच्न सकेनन भने गणतन्त्र माथि कालो बादल लाग्न सक्छ । जनता निरास भइरहे भने सधंै साथ दिदैनन् । राज्यले गर्न नसक्ने काम जनताले मागेकै छैन ।

तपाईले दैनिक राजनीतिक गतिविधिमा आउने कुरालाई मात्र जोड दिनुभयो । मैले जान्न खोजेको कम्युनिष्ट दृष्टिकोणबाट अहिलेको उपलब्धि के हो ? तपाईहरु त समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्यका साथ हिडेको मान्छे । त्यो यात्रामा पुग्नका लागि अहिले भएको उपलब्धि कुन चरणको हो ?
अहिलेको उपलब्धि राम्रो हो । गणतन्त्र स्थापना भएको छ । धर्मनिरपक्षता स्थापना भएको छ । नेपाली जनताले आफ्नो संविधान आफै लेखेका छन् । आफ्नो संविधान आफै लेखे वाफत अन्र्तराष्टिूय र राष्ट्रिय प्रतिकृयावादीहरुले अनेक षड्यन्त्र गरे । त्यसका विरुद्ध पनि नेपाली जनता लडिरहेका छन् । अहिलेको अवस्थामा भर्खरै समाजवादमा जान सकिने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिदैन् । त्यस कारणले अहिले समाजमा मात्रात्मक परिवर्तन भएकोछ । मात्रात्मक परिवर्तनलाई संस्थागत गर्दै हामी गुणात्मक परिवर्तन तर्फ अघि जानुपर्छ । अहिलेको मुलुकको आवश्यकता भएको जुन मात्रात्मक परिवर्तन भएको छ । त्यसलाई संस्थागत गर्दै अगाडी बढ्नुपर्छ ।

गणतन्त्र प्राप्त त भयो । तपाईकै शब्दमा भन्ने हो भने अहिले एमाले र माओवादी केन्द्र बीच एकतापछि बनेको नेकपा कम्युनिष्ट चरित्र बोकेको पार्टी होइन भन्नुभयो । तपाईको कुरालाई आधार मान्ने हो भने जुन प्राप्त भएको गणतन्त्र छ । त्यो त सर्वहारा वर्गको नेतृत्वमा गएको देखिदैन् । यसलाई कसरी उपलब्धि मान्ने ?
गणतन्त्र त गैरकम्युनिष्ट देशहरुमा पनि आइरहेको छ । गणतन्त्र कम्युनिष्टले मात्र ल्याउन सक्छन र उनीहरुले मात्रै संस्थागत गर्न सक्छन भन्ने होइन । त्यसकारणले गणतन्त्र ल्याउनका लागि अहिलेका सरकारमा बस्नेहरुको पनि सकियता छ । जसले गणतन्त्र ल्याए उसले संस्थागत गर्नुपर्छ । त्यो गर्न सकिने कुरा हो भन्न खोजेको ।

तपाई अलि कुरा चपाउनु भयो । मैले जान्न चाहेको अहिलेको गणतन्त्र कोरा गणतन्त्र मात्रै हो कि साँच्चिकै आधारभूत वर्गलाई फाइदा गर्ने गरी आएको गणतन्त्र हो यो ?
अहिले आएको गणतन्त्रले जनताका आधारभूत समस्या समाधान गर्न त सक्दै सक्दैन् । अहिलेको बुर्जुवा गणतन्त्र हो । जनताका आधारभूत समस्या समाधानका लागि देशलाई अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थाबाट अन्त्य गराउनुपर्छ । जनताका आधारभूत समस्या भनेको जनताले खान पाउने,लगाउन पाउने, विरामी हुँदा औषधी पाउने । शिक्षा र रोजगारी पाउनुपर्छ । त्यो कुरा राज्यले ग्यारेण्टी मात्र होइन कार्यान्वयन गरेपछि वल्ल आधारभूत समस्या समाधान हुन्छ । अहिले त केही उपलब्धि प्राप्ति भएका छन, त्यसलाई संस्थात गर्नुपर्ने काम छ । अहिले जनताका आधारभूत समस्या समाधान गर्न नसके पनि अहिलेका विकृति, विसंगति माथी यो सरकारले चाह्यो अन्त्य गर्न सक्छ ।

अहिले नेपाली नेपाली कम्युनिष्ट आन्दोलनमा जनवादी क्रान्ति पूरा भइसक्यो अब समाजवादी क्रान्तिमा जानुपर्छ भनिरहेका छन् । केहीले जनवादी क्रान्ति पूरा भइसकेको छैन भनिरहेका छन् । तपाईले पनि जनवादी क्रान्ति पूरा भएको छैन भन्नुभयो । के–के कुरा पूरा भयो भने नेपालमा जनवादी क्रान्ति सम्पन्न हुने हो ?
नयाँ जनवादी क्रान्ति पूरा हुनका लागि भन्दा पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा देशमा आमुल परिवर्तन हुनुपर्छ । देशबाट वैदेशिक शोषण र हस्तक्षेपको अन्त्य हुनुपर्छ । शोषित,पीडित जनताको राज्यसत्ता स्थापना हुनुपर्छ । यो भएपछि मात्रै जनवादी क्रान्ति पूरा भएको मान्न सकिन्छ ।संसदीय व्यवस्थाबाट गएर मुलुकमा नयाँ जनवादी क्रान्ति हुँदैन । नयाँ जनवादी क्रान्ति पूरा नहुँदासम्म जनताका आधारभूत समस्या समाधान हुँनै सक्दैन् । देशको राष्टिूयता, सार्वभौमता र अखण्डता पनि मजवुत हुन सक्दैन् । नयाँ जनवादी क्रान्ति दिर्घकालिन जनयुद्ध र वर्गसंघर्षबाट वारपार हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *