कृषि नै समृद्धिको आधार

  
  प्रकाशित मितिः बुधबार, असार २७, २०७५       | 141 Views   ||

हाम्रो देशको उत्पादनको मुख्य आधार भनेको कृषि हो । तर यहि कृषि उत्पादन निर्यातमुखी त परको कुरा निर्वाहमुखी समेत बन्न नसक्नु विडम्बना बनिराखेको छ  । कृषि क्षेत्रले राम्रो उत्पादन दिन नसक्दा उपभोग्य कृषिजन्य उत्पादन विदेशी आयातमंै निर्भर रहेनु परेको यथार्थ हाम्रा सामु छ । कृषिउपजका लागि उपयुक्त जमिन छ तर परम्परागत प्रणाली र उत्पादन शील जनशक्ति विदेश पलायन भइरहँदा कृषिमा कुनै प्रगति हुन सकिराखेको छैन् । हामी समृद्धिको आधार पहिल्याइरहेका छौं । कृषि हाम्रो उत्पादनको मुख्य आधार हो र कृषिजन्य उत्पादनमा आधारित उद्योगमा जोड नदिई हामी समृद्धिमा पुग्न सक्दैनौं ।

अहिलेको अवस्थालाई हेर्ने हो भने हाम्रो देशको कृषि क्षेत्र निराशजनक स्थितिमा गुज्रिरहेको छ । युवाहरू विदेशतिर,खेतीयोग्य जमिन बाँझो अनि खेतीपाती भइरहेका ठाउँमा पनि परम्परागत विधिलाई प्रविधिले विस्थापित गर्न सकेको छैन । सिँचाइको अभाव, कृषि प्राविधिकहरू नहुनु, उन्नत बीउबिजनको कमि आदिले जमिनको उर्वरतामा आइरहेको हा¥स लगायतका कारणले कृषिमा लगानी समेत उठ्न नसक्ने अवस्था नेपालको कृषि क्षेत्रले झेलिरहेको छ । त्यसैमा विचौलियाहरुको हस्तक्षेप र ठगीको मार किसानहरुले व्यहोदै आइरहेकाछन् । माटोमा श्रम, पसिना, समय र लगानी खन्याउने किसानहरू सधैं नोक्सानमा रहने तर बसीबसी बिचौलियाहरू नाफाका हकदार हुने स्थितिको अन्त्य नहुँदासम्म नेपालको कृषि क्षेत्रको अवस्था फेरिदैन् । त्यसैगरी कृषिको परम्परागत अवस्थामा सुधार नगर्ने हो भने हामी समृद्धितिर होइन हाम्रो देश झन गरिवीतिर धकेल्निे अवस्थालाई कसैले रोक्न सक्दैन् । सरकारले बर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सारेपनि त्यो नारामा मात्र सीमित हुन पुगेको छ । कृषिमा उलेख्य लगानीका साथै ठोस कार्यक्रम अघि नसारी प्रगति हुने देखिदैन् । कृषि क्षेत्रको विकास नभई हाम्रो समृद्धिको सपना पूरा हुन सक्दैन् । यदि कृषिनै समृद्धिको अनिवार्य शर्त हो भने सरकारले यसको विकासमा प्रर्याप्त ध्यान दिन जरुरी छ । यसका लागि विदेशीयका युवालाई स्वदेश फर्काउने र खेतीयोग्य उर्वरशील जमिन गैरउत्पादन प्लटिङमा परिणत गरी थन्क्याउने कार्यलाई पहिला रोक्न अनिवार्य छ । देशको कृषि व्यवस्थालाई उत्पादनशील बनाउन बढी भन्दा बढी नागरिकलाई कृषितर्फ आकर्षित गर्ने योजना सरकारले बनाउन जरुरी छ ।

कृषिमा आधारित नेपालको अर्थतन्त्रलाई सबल बनाउन कृषिमै क्रान्ति ल्याउनुको विकल्प देखिन्न । त्यसैले कृषि क्षेत्रलाई उन्नत बनाएर शुरुमा मुलुकलाई राष्टिूय आत्मनिर्भरको स्थितिमा पु¥याउने लक्ष्य निर्धारण हुनुपर्ने देखिन्छ । त्यसपछि निर्यातमा आक्रमक उत्पादन क्षमताको वृद्धि गर्ने संकल्प बोक्न जरुरी छ । कृषिमा परनिर्भरताको अन्त्य नगरी हामी समृद्धिमा अघि लम्किन सक्दनौं । कृषिमा भित्रिएका नवीनतम प्रविधि उपयोगका लागि कृषकलाई सहुलियत ऋण तथा अनुदानको व्यवस्था, कृषि र पशुपालन बिमाको प्रभावकारी कार्यान्वयन, कृषि प्राविधिकको सेवा विस्तार,उत्पादित सामग्रीको बजार व्यवस्था लगायत श्रमदेखि बीउबिजन र सिँचाई समस्या सुधार सरकारको प्राथमिकतामा पर्नुपर्दछ । त्यस्तै कृषिको आधुनिकीकरणका लागि नीतिगत र प्राविधिक बिषयमा सरकारको प्राथमिकता र उत्पादनलाई बजारसम्म जोड्ने पूर्वाधार,तीनको उचित मूल्य निर्धारणसम्ममा सरकारको ध्यान पुग्नुपर्ने हुन्छ । कृषिक्षेत्र आर्थिक विकास र समृद्धिको मेरुदण्ड भएकाले यसले आर्थिक वृद्धिलाई गति दिनुका साथै यस माथिको आत्मनिर्भरताले गरिवी घट्नमा सहयोग पुग्न जान्छ । त्यसैले कृषिलाई नै प्राथमिकतामा राखि समृद्धिको जग हाल्नु सर्वहित कार्य हुन जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *