शिक्षामा कर्मचारी अभाव

  
  प्रकाशित मितिः बुधबार, असार २७, २०७५       | 154 Views   ||

सन्तोष अधिकारी, घोराही

घोराही उपमहानगरपालिका– ६ मा रहेको मावि जजरागाउँमा रिक्त रहेको दरबन्दीका लागि शिक्षक माग गरेको एक बर्ष पुग्यो । तर विद्यालयले अहिलेसम्म शिक्षक पाउँन सकेको छैन ।२०६६ सालदेखि माध्यामिक बिद्यालयको स्वीकृति लिएर कक्षा सञ्चालन गर्दै आएको विद्यालयले अहिलेसम्म निजी स्रोतमा शिक्षक राखेर अध्यापन गराउदैं आएको छ । विद्यालयको आम्दानीको स्रोत नभएकाले भर्ना तथा मासिक शुल्क उठाएरैं भएपनि विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अर्जुन अधिकारी बताउँछन् । ‘पहिले जिल्ला शिक्षा कार्यालयसँग माग गरियो,अहिले स्थानीय सरकारसंँग माग्दा पनि पाइएको छैन,’अधिकारीले भने ।

२०६६सालदेखि एस.एल.सी.परिक्षामा विद्यार्थी सम्मिलित गराएको विद्यालयले नतिजा पनि सन्तोषजनक नै ल्याएको देखिन्छ । राज्यले माध्यामिक तहसम्म शिक्षा निःशुल्क भनेको भएपनि सो विद्यालयमा भने मासिक शुल्कनै तिरेर विद्यार्थी पढिरहेकाछन् । घोराही उप महानगरपालिकाका नगर शिक्षा शाखा प्रमुख नारायण पौडेलका अनुसार सरकारी दरबन्दी अनुसार कर्मचारी नभएकाले काम गर्न नसकिएको बताउछन् । नेपाल सरकारले उप महानगरपालीकामा एक जना उप सचिव तीन जना विद्यालय निरीक्षक र ५ जना प्रासको व्यवस्था गरेको भएपनि एकजना उप(सचिव बाहेक अन्य कर्मचारी नभएको पौडेलको भनाई छ । पालिकामा भएको एकजना कर्मचारीले शिक्षा क्षेत्रका के के काम गर्न सक्छ ? पौडेलले प्रश्न गरे । ‘लेखाको हिसाव, दरबन्दी मिलान, पालिकास्तरिय परिक्षाको तयारी, कम्प्युटर प्रणालीबाट परीक्षाको रिजल्ट प्रकासित गर्नुपर्ने आदि काम एक्लो कर्मचारीबाट हुन सक्दैन’ पौडेलले भने । नभएका पालिकामा राप्ती गाउँपालिका, गढवा गाँउपालिका, राजपुर गाउँपालिका, वंगलाचुली गाउँपालिका र बबई गाउँपालिका रहेकाछन् । तर यी पालिका शिक्षाको कामको समन्वयको लागि स्रोत व्यक्तिहरु भने लागिरहेकाछन् ।

२५ हजार भन्दा माथिको दरबन्दी भएको पालिकामा शाखा अधिकृतको व्यवस्था हुनुपर्ने भएकाले यी ५ पालिकाले कर्मचारी पाएको हो भन्छन( शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सूर्यराज घिमिरे । ‘स्थानीय तहमा दरबन्दी अनुसारको संख्या पठाउन समन्वय इकाईसँग जनशक्ति पनि प्रयाप्त रहेको छ तर कर्मचारी खटाउने काम मन्त्रालयले गर्नुपर्ने भएकाले पालिकाहरुमा दरबन्दी रिक्त भएका हुन् घिमिरेले भने । इकाई कार्यालयमा ८ जना मात्र कर्मचारी रहनुपर्नेमा अहिलेपनि १५ जना कर्मचारी रहेकाछन तर कर्मचारीको अभावमा स्थानीय सरकारका शाखाहरु शुन्य प्रायः छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *