ड्रेसमा पनि सिन्डिकेट

  
  प्रकाशित मितिः बुधबार, असार २७, २०७५       | 178 Views   ||


दाङ÷ दाङमा संचालित केही कलेजले विद्यार्थीको डे«समा पनि सिन्डिकेट लगाएकाछन् । प्लस टुको नयाँ भर्ना खुलेसँगै जिल्लामा संचालित कलेज र सिलाई पसलको मिलोमतोमा विद्यार्थी माथि सिन्डिकेट लगाएको नेपाल कपडा तथा सिलाई व्यवसायी दाङका अध्यक्ष चूर्ण परियारले जानकारी दिनुभयो ।

जिल्लाभर करिब साढे तीन सयको संख्यामा सिलाई पसल संचालनमा आएपनि कलेज तथा विद्यालयले रोजेको पसलबाट मात्र विद्यार्थीलाई डे«स किन्न र सिलाउन बाध्य बनाएको परियारले वताउनु भयो । कलेज रोजेको भन्दा बाहिर गई विद्यार्थीले डे«स सिलाउन नपाउने वातावरण सृजना भएको परियारको भनाई छ । कलेजहरुले विद्यार्थीको ड्रेसमा सिन्डिकेट लगाएसँंगै कलेज र सिलाई पसलका बीचमा पनि ठुलो आर्थिक चलखेल हुँदै आएको अध्यक्ष परियारको भनाई छ ।

कलेजले तोकिएकै पसलबाट विद्यार्थीलाई डूेस किन्न र सिलाउन लगाउने विद्यार्थीबाट आएको कमिसन समेत सिलाई पसलले कलेजलाई दिदैं आएको नेपाल कपडा तथा सिलाई व्यवसायी समिति दाङका सचिव पदम परियारले बनाउनु भयो । यसबाट सयौ विद्यार्थी र अभिभावकले मार खेप्दै आएको सचिव परियारको भनाई छ । डे«स बाफत विद्यार्थीबाट आउने कमिशनका लागि कतिपय कलेजका प्रिन्सिपल र लेखा अधिकृतसम्म पुग्ने गरेको सचिव परियारको भनाई छ । यसले गर्दा अविभावकहरुको ढाडनै सेकिने गरेको उहाँले बताउनु भयो । बिचौलीयाका कारण साना व्यावसायी मर्कामा परेको परियारको भनाई छ । कतिपय कलेजले विद्यार्थीसँग पाँचसय देखि १० हजार रुपैयाँसम्म कमिसन लिने गरेको बताउँदै विद्यार्थीसँग चर्काे मुल्य असुलेर कलेजका प्रिन्सिपल र लेखापाललाई दिने काम भएको परियारले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *