किसानको बर्खे चटारो

  
  प्रकाशित मितिः बुधबार, असार २७, २०७५       | 172 Views   ||

जनक नेपाली, दाङ ÷ खेतभरी रोपारा छन । कतिवेला ब्याड पु¥याउने चटारो त कतिबेला पानीको जोहो गर्न कुलोमा व्यस्त । बर्खे चटारो लागेपछि तुलसीपुर( १८ का जुगमान चौधरीलाई एकछिन उभिएर कुरा गर्ने फुर्सद नै छैन । किसानका लागि मानो रोपेर मुरी उब्जाउने यो याम खेतीका लागि महत्वपूर्ण छ ।
खेतको आली मिलाउन व्यस्त जुगमान सुस्केराले थकाई मादै यसपाली पनि समयमै खेती नहुने भो भन्ने चिन्ताग्रस्त अनुहारमा पानी नपर्दाको समस्या पोख्दछन् । खेतीको चटारो सबै किसानलाई भएपनि समयमै बर्षात नहुँदा समस्या परेको उनको भनाई छ । महंगोमा मल,बीउ किनेर खेती गर्नुपर्ने बाध्यता हुँदा, हुँदै अर्काेतर्फ समयमै बर्षात नहुँदा यो बर्ष धान खेती सप्रन्छ कि बिग्रन्छ भन्ने चिन्ताले पिरोलेको जुगमान बताउँछन् ।

साल÷सालै मल र बीउको मुल्य बृद्धि हुँदा किसान माथि आर्थिक भार थप हँुदै गएको बिजौरीका अर्का किसान जगबहादुर चौधरी बताउछन् । दाङमा कूल ३८ हजार ५ सय हेक्टरमा धान खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । ३८ हजार ५ सय हेक्टर मध्य हालसम्म ३७ प्रतिशत क्षेत्रमा धान खेती भएको जिल्ला कृषि विकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीले जानकारी दिए ।

जसमध्ये घोराही उपमहानगरपालिकामा ३० प्रतिशत तुलसीपुर २०,लमही ८५ गढवामा ७०, राजपुर १०,बंगलाचुलीमा ५० दंगीशरण २०, शान्तिनगर २५ बबई २० र राप्ती गाउँपालिका ९५प्रतिशत रोपाई सकिएको केसीले जानकारी दिए । ०७३ को प्रक्षेपित जनसख्याको आधारमा दाङको कुल जनसख्या ६ लाख १४ हजार २ सय ६८ को लागि बार्षिक प्रति व्यक्ति १ सय ८१ किलोका दरले १ लाख ११ हजार १ सय ८६ मेटिूक्टन धान आवश्यक पर्ने केसीले वताए । गत आर्थिक बर्ष २०७३÷०७४ मा दाङमा कुल १ लाख ३१ हजार ८ सय २२ मेटिूक्टन धान उत्पादन भएको थियो । त्यसमध्ये ७ हजार ४२ मेटूीक्टन धान अघिल्लो बर्षको मौज्जात रहेको केसीको भनाई छ । कृषि योजना अधिकृत केसीले यो बर्ष दाङमा साउनको २०÷२५ सम्ममा मात्र खेती सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *