समाजवादका चुनौती

  
  प्रकाशित मितिः बुधबार, असार २७, २०७५       | 230 Views   ||

देव गुरुङ
नवउदारवादको व्याख्या गर्दै उदारीकरणले समाजवादलाई पनि विस्थापित गर्ने अवस्थामा खुला बजार नीति अवलम्बन गर्दै जाने भू–उपयोग नीति अपनाउनुपर्ने हुन्छ । दोस्रो विश्वयुद्ध पछि उपनिवेशलाई नयाँ ढंगले ‘अपग्रेडुनगर्ने हो भने उपनिवेस कायम राख्न सकिन्न भन्ने निष्कर्षमा साम्राज्यवादीहरू पुगे । यस्तो हुँदै गएपछि नयाँ खालका सूत्रहरूको खोजी गर्न थालियो । यस क्रममा वैचारिक रूपमा नवउदारवादको व्याख्या गर्न थालियो । यसरी नवउदारवादको व्याख्या गर्दै उदारीकरणले समाजवादलाई पनि विस्थापित गर्न थाल्यो । खुलाबजार नीति अवलम्बन गर्दै जाने भू(उपयोगको नीति अपनाउन थालियो । उदारवादी विचारलाई टिकाउन बस्तु मात्र निर्यात गरेर भएन । यसपछि वित्तीय पुँजी निर्यात गर्न थालियो । ब्याजी पुँजी चाहिँ निर्यात गर्ने मोडलबाट जान थालियो । जहाँ(जहाँ ब्याजी पुँजी लगानी गरेर छिटो मुनाफा आउन थाल्यो,त्यहाँ लगानी गर्न थालियो ।
बैंकिङ पुँजी लगानी हुन थाल्यो । यसो गर्दा छिटो मुनाफा हुने भयो । पुँजीवादले विशेष गरी उद्योगको क्षेत्रमा लगानी गर्न थाल्यो । यसरी लगानी गर्दा पनि मजदुरले संगठित भई अप्ठ्यारोमा पार्ने भए । त्यसपछि बहुराष्टिूय कम्पनीहरू खडा गर्न थाले । त्यस्ता खालका बैंकलाई शक्तिशाली बनाउन थालियो । जस्तै विश्व बैंक,एसियाली विकास बैंक जस्ता संस्थालाई शक्तिशाली बनाउन थालियो । अन्र्तराष्टिूय मुद्रा कोषलाई शक्तिशाली बनाउने,व्यापारका लागि विश्व व्यापार संगठनलाई बलियो बनाउन थालियो । र ती बैंक र संगठनमा समाहित हुन तेस्रो विश्वका मुलुकलाई सदस्य राष्टू बनाउन थालियो । हरेक मुलुकलाई त्यसमा मिसाउन थालियो । यस्तो भएपछि सबै मुलुक एक ठाउँमा छाताका रूपमा एकै ठाउँमा हुने भए ।
अनुत्पादक क्षेत्रमा पुँजीवादी लगानी
आफ्नो वित्तीय व्यवस्थालाई टिकाउन एउटा ऋण, अर्को अनुदान र केही प्रतिशत अनुदानको माध्यमबाट लगानी गर्न थालियो । अनुदान पनि यी विषयमा यस्तो ग¥यौं भने अनुदान दिन्छाँै भन्न थालियो । ऋण र अनुदानको माध्यमबाट तेस्रो मुलुकमा पुँजी निर्यात हुन थाल्यो । त्यो पुँजी औद्योगिक क्षेत्रमा नभई सेवामूलक क्षेत्रमा लगानी गर्न थालियो । त्यो लगानी सबैभन्दा धेरै सेवा क्षेत्रमा हुन थाल्यो,घरजग्गामा लगानी गर्न थाले । नेपालकै बैंकमा पनि विदेशका विभिन्न क्षेत्रबाट पैसा आएको छ । त्यो पैसा बैंकहरूले पनि अनुत्पादक क्षेत्र घर जग्गामै लगानी गरे । त्यस्तो लगानी अस्पताल र शिक्षा क्षेत्रमा पनि गरियो । तर,त्यसले औद्योगिक क्षेत्रको विस्तार गरेन । त्यो सेवामूलक क्षेत्रमा त भयो, तर छिटो मुनाफा गर्ने अर्को औद्योगिक उत्पादनमा हुन सकेन । औद्योगिक उत्पादन नगरे श्रमजीवी सबै बेरोजगार हुन्छन् । यस्तो भएपछि पुँजीवादले एक ठाउँमा श्रम केन्द्रित गर्दै गयो । अरबमा तेलको प्रशोधन गर्ने केन्द्र बनेकाले लेवर त्यहाँ केन्द्रित भए । यस्तो वातावरणले श्रमजीवीलाई पूरै विस्थापित ग¥यो । दक्षिण कोरिया जस्ता मुलुकले वित्तीय पुँजी केन्द्रित गरी श्रम केन्द्रित गरेका छन् । यसले वित्तीय दलाल पुँजीवाद विकास ग¥यो । औद्योगिक पुँजीमा श्रमजीवीले मिहिनेत गर्छ, पसिना बगाउँछ र टेूड युनियन अधिकार पाउँछ । तलब सेवा(सुविधा सबै पाउँछ । आफ्नो स्वामित्व एक ढंगले आउँछ पनि । एकाधिकार पुँजीवादमा के हुन्छ भने श्रमजीवीपनि दलाली केन्द्रित हुन्छ । यस्तोमा बढी भन्दा बढि दलाली गरेपछि आफ्नो जागिर टिक्छ, होइन भने आफ्नो जागिर पनि टिकाउन गाह्रो हुन्छ । आफ्नो उत्पादन केही नभएपछि श्रमपुुँजी निर्यात गरेर रेमिट्यान्सका रूपमा आउने पुँजीले देश चलाउने अवस्थामा आइपुगियो ।

श्रमपुँजी निर्यात

यस्तो हुँदा देशमा एकातिर बेरोजगारी बढ्दै गयो भने अर्कातिर औद्योगिक उत्पादन विस्थापित भयो । आफ्नो उत्पादन भन्ने केही भएन । श्रमशक्ति पनि सबै निर्यात गर्नुपर्ने अवस्थामा पुगियो । श्रमपुँजी निर्यात गरेर रेमिट्यान्सका रूपमा आउँने पुँजीले देश चलाउने अवस्थामा आइपुगियो । यस्तो हुँदै गएपछि हाम्रो देश बुढाबुढी र केटाकेटीको देश जस्तै भयो । खेती गर्ने पहाडी क्षेत्र पूरै उजाड भए । केही शहरी र मैदान क्षेत्रमा मात्र वस्ती केन्द्रित भयो । त्यो पनि सेवामूलक क्षेत्रमा केन्द्रित छ । अर्थतन्त्र औद्योगिक उत्पादनमा नभई सेवामूलक क्षेत्रमा केन्द्रित छ । परिणामतः विदेशी हस्तक्षेप पनि बढ्दै गयो । विश्व बैंक, एसियाली बैंक लगायत संस्थाको प्रभाव बढ्दै गयो । ऋण, अनुदान लगायतलाई विभिन्न शर्तबाट परिवन्धमा पार्ने काम गरियो ।राज्यका सबै संयन्त्रलाई दलाली गरेर एक ठाउँमा केन्द्रित गर्न थालियो । कर्मचारीमा पनि दलाल प्रवृत्ति बढ्दै गएपछि दलाल पुँजीवाद हावी हुँदै गयो । यसलाई नवउपनिवेश पनि भन्न सकिन्छ । यस्तो हुनु पहिलाको जस्तो प्रत्यक्ष उपनिवेश पनि होइन ।

आर्थिक उपनिवेश

जस्तो पनि छैन । त्यो नयाँ खालको उपनिवेश कायम गरिएको छ । दोस्रो विश्वयुद्ध पछि विकास गर्दै गर्दै अहिले यस्तो खालको उपनिवेश गरिएको छ । यस्तो हुँदै गएपछि कम्युनिष्ट आन्दोलन पूरै विस्थापित हुन थाल्यो । परिणामतः पछिल्लो १९९० को दशकपछि कतै पनि क्रान्ति हुन सकेन । क्रान्ति भएका मुलुकमा पनि प्रतिक्रान्ति भए ।
वित्तीय एकाधिकार दलाल पुँजीवादको विकासपछि वर्गहरूको चरित्र पनि चिन्न सक्नुपर्ने भयो । ती वर्ग बीचको अन्तरविरोध पहिचान गर्नुपर्ने भयो । यसै अनुसार कम्युनिष्ट पार्टीले कार्यदिशा कायम गर्नुपर्ने भयो । राजीतिक कार्यदिशाका आधारमा क्रान्ति हुने भयो । कम्युनिष्ट आन्दोलनमा पनि दुई खालको समस्या देखियो । एउटा परम्परागत ढंगको कम्युनिष्ट पार्टी चल्ने खालको देखियो । रुस,चीन, क्युबा लगायत मुलुकमा जसरी क्रान्ति भए, त्यसै अनुसार क्रान्ति गर्ने परिस्थिति देखियो । त्यस्तो खालको परम्परागत संकीर्ण खालको सोचमा केही साथी फस्नु पनि भयो । दोस्रो विश्वयुद्धपछि कतै पनि क्रान्ति भएको छैन । यस्तो भएपछि माक्र्सवाद, लेनिनवादबाट क्रान्ति सम्भव हुँदैन । माक्र्सवाद, लेनिनवाद, माओवाद सबै छाड्नुपर्छ भन्ने खालको शक्ति पनि देखियो ।वर्गसंघर्ष र सर्वहारा वर्गको अधिनायकत्व पनि छाडेर भाग्ने नयाँ शक्ति जस्ता पार्टी देखिए । माक्र्सवादको विसर्जन र विचलनको पराकाष्ठा हो यो । समाजवादी क्रान्ति गर्न औद्योगिक पुँजीवादको विकास गर्नैप(यो । पुँजीवाद विकास गर्न एकाधिकार पुँजीवादलाई कमजोर पारी राष्टिूय पुँजी विकासलाई बढाउँदै जानुपर्छ । लिडिङ रूपमा राष्टिूय उद्योगको विकास गर्दै जानुपर्छ । यस्तो वेलामा राष्टिूय स्वाधीनतासहितको प्रजातान्त्रिक आन्दोलन खाँचो पर्छ । तर, प्रजातान्त्रिक आन्दोलन भनौँ भने शक्तिजति सबै बहुराष्टिूय कम्पनीको हातमा छ । यस्तो शक्तिसँग नजुधी केलाई प्रजातान्त्रिक आन्दोलन भन्ने ?

नेपाली समाजको चरित्र

सामन्तवादको अवशेष पनि बाँकी छ । राजनीतिक रूपमा समान्तवाद हाबी छ । त्यो एकाधिकार पँुजीवादकै रूपमा छ । वित्तीय एकाधिकार पुँजीवाद पनि हाबी छ । लिडिङ रूपमा वित्तीय एकाधिकार पुँजीवाद कायमै छ । देशको राजनीति पुँजीपतिको हातमा छ । श्रम गरेर होइन, दलाली गरेर दलाल पुँजीवादीको समाजमा दबदबा छ । साना व्यापारीले ठूलो लगानी भएका व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यस्तो अवस्थालाई वित्तीय एकाधिकार दलाल पुँजीवाद भन्ने गरिन्छ । यस्तो हुँदा पार्टी गठनमा अन्तर आउँछ । क्रान्तिमा र आन्दोलनको स्वरूपमा पनि अन्तर आउँछ ।औद्योगिक विकास भइरहेको चरणमा उद्योगमा काम गर्ने मजदुरको पनि विकास भयो । घरेलु प्रतिक्रियावादी समान्त पनि थिए । यस्तो हुँदा समाजमा एक किसिमको वर्गसंघर्ष हुन्थ्यो । त्यहीअनुसारको पार्टी बनाइन्थ्यो । अहिले सबैतिर घेराबन्दी गर्दै सदन, सरकार, सडकसम्मै साम्राज्यवाद आइपुगेको छ । हरेक मोर्चामा साम्राज्यवाद आइपुगेको छ । साम्राज्यवाद हरेक मोर्चाबाट आएको अवस्थामा हामीचाहिँ एउटा मोर्चाबाट लडेर सफल हुन सकिन्न । त्यसैले हामी सबै मोर्चामा लड्न तयार हुनुपर्छ । अहिलेको प्रमुख मोर्चा भनेको सदन र सरकार नै हो । प्रतिक्रियावादीले नीतिगत निर्णयमा खेल्न थालेपछि हामी त्यही मोर्चामा लड्नुपर्ने भएको छ । प्रतिक्रियावादी शान्तिपूर्ण रूपमा आएको अवस्थामा हामी सेना लिएर लड्ने होइन । प्रतिक्रियावादी शान्तिपूर्ण तरिकाले आएपछि सर्वहारा वर्गको पार्टी पनि शान्तिपूर्ण तरिकाले आउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *