जहाँ पत्नीलाई लोग्नेको जुत्ताको पानी खुवाइन्छ

  
  प्रकाशित मितिः बुधबार, असार २७, २०७५       | 221 Views   ||

अहिलेको डिजिटल युगमा महिलाहरु पुरुषसँग काँधमा काँध मिलाएर हिँडिरहेकाछन् । पुरुषले गर्ने काम गर्न महिलाहरु सक्षम छन । तर भारतमा एउटा यस्तो ठाउँपनि छ जहाँ महिलाहरु नर्कको जीवन भोग्न बाध्य छन । अनि महिलाहरु केवल पुरुषको उपयोगिताको साधन बनिरहेका छन ।
भारतको राजस्थानस्थित भिलवाँडा गाउँमा महिलालाई उनीहरुका लोग्नेको जुत्ताको पानी खुवाइन्छ । गाउँमा रहेको बंक्याराणी माता मन्दिरमा महिलालाई आफ्नो लोग्नेको जुत्तामा पानी भरेर पिलाउने प्रथा रहेको छ । यसो गर्नाले सौभाग्य प्राप्त हुने र महिलाको शरीरबाट भूत उत्रिने विश्वास गरिन्छ ।


शरीरमा भूत पसेको आशंका भएसँगै महिलालाई उनीहरुका लोग्नेसँगै देवी मन्दिरमा लगिन्छ ।त्यसपछि लोग्नेले आफ्नो खुट्टामा लगाएको जुत्ता फूकाल्छन् । भूत भगाउने तान्त्रिकले हातमा उक्त जुत्ता लिएर भूत लागेको भनिएकी महिलाको जिउमा क्रूरढंगले जुत्ताले कुट्द छन । त्यसपछि महिलालाई उक्त जुत्ता मुखले टोकेर गाउँ घुम्न लगाइन्छ र अन्त्यमा उक्त जुत्तामा पानी भरेर पिउन लगाइन्छ । गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन अद्यपि छ । तर अब कुकुरको मुत्रपान गर्ने फेसन सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *