धमिलो पानी बोकेर प्रशासनमा डेलिकेशन

  
  प्रकाशित मितिः सोमवार, असार ३२, २०७५       | 175 Views   ||


बेलझुण्डी÷ बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जिल्ला प्रशासन कार्यालय प्रमुखलाई धमिलो पानी सहित ज्ञापनपत्र बुझाएको छ ।
उपभोक्तालाई सफा पानी उपलब्ध गराउने अवस्था नै नरहेको भन्दै धारामा धमिलो पानी आउनुको कारण, समस्या र समुचित व्यवस्थापनको
समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले धमिलो पानी बोकेर जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएको हो ।

सो अवस्थामा सिमेन्ट उद्योगले पानीको मुहान संरक्षणका विषयमा आफुले सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्ने लिखित प्रतिबद्धता समेत जनाएको थियो । बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम तथा सचिव विनय पोखरेलले प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठलाई सबै जानकारी गराएर कार्यालय परिसरमै धमिलो पानीको प्रदर्शन समेत गराएका थिए ।

यसैबीच धमिलो पानी प्रर्दशन गदैं डेलिगेशन गएको टोलीलाई प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पानी उपभोगको हक कुनै पनि अवस्थामा नरोकिने भन्दै यसका लागी आफूले पहल गर्ने आश्वासन खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *