जिल्ला समन्वय समिति २१ करोड बेरुजुमा

  
  प्रकाशित मितिः बुधबार, साउन २, २०७५       | 172 Views   ||

जनक नेपाली, दाङ,

जिल्ला समन्वय समिति दाङको बेरुजु २१ करोड देखिएको छ । ०१७ साल देखिको बेरुजु रकम उठ्न बाँकी रहेको जिल्ला समन्वय समिति दाङले बताएको छ । योजना सम्पन्नको विल, भराई समयमै फछ्र्योट नगर्नु, सम्झौता नगरी योजनाका काम शुरु गर्नु, योजना भन्दा धेरै रकम खर्च गरिनु र पेश्की रकम समयमैं फछर्योट नगरिनु जस्ता कारणले बेरुजु रकम बढेको जिल्ला समन्वय समितिका लेखापाल हुकुम गिरीले बताउनु भयो ।

जिल्लामा वितरण गरिएको सामाजिक सुरक्षा भत्ता अन्र्तगत बृद्ध भत्ता र संसद विकास कोषको रकम सबैभन्दा बढि दुरुपयोग भएको गिरीले बताउनु भयो । बृद्ध भत्ता वितरण गर्दा मृत्यु भएका व्यक्तिको नाममा समेत बृद्ध भत्ता वितरण गरिएको जिल्ला समन्वय समितिको तथ्याङकबाट देख्न सकिन्छ । यसका साथै कर्मचारीको लापरवाहीका कारण पनि बेरुजु रकम बढेको देखिन्छ । संसद विकास कोष अन्र्तगतको रकम विभिन्न पार्टीका सांसदहरुले नजिकका आफन्त र ईष्टमित्रलाई दिदा समयमै फछर्योट हुन नसकेको गिरीको भनाई छ । सांंसद विकास कोषको रकम बिद्युत विस्तार र भौतिक संरचना निर्माणका नाममा सबभन्दा बढि चलखेल हुने गरेको लेखापाल गिरी बताउनु हुन्छ ।

पूर्व सासंददेखि वहालवाला सांसदसम्म झण्डैं ४० जना सांसद र अधिकांस सरकारी कार्यालयका कर्मचारीबाट बेरुजु रकम फछयौट गर्न बाँकी रहेको लेखापाल गिरीले वताउनु भयो । त्यस मध्ये झण्डैं एक करोड नगद असुल गर्न बाँकी रहेको भन्दै केही दिन पहिले महालेखा परिक्षण कार्यालयबाट जिल्ला समन्वय समितिको फाइल फिर्ता आएको गिरीको भनाई छ । समयमै जिल्ला समन्वय समितिले बेरुजु रकम असुल नगर्दा उक्त रकम बढ्दै गएको छ । कार्यालयका तर्फ बाट पटक÷पटक बेरुजु रकम फिर्ता गर्न पत्रचार गरे पनि कसैको मृत्यु भएको कुनै बसाईसराई गरी अनेत्र गएका कारण समस्या देखिएको गिरीको भनाई छ । रकम असुल गर्न बाँकी भएकालाई योजना सम्पन्नको विल,भरपाई सहित आवश्यक कागजात दाखिला गर्न समेत निर्देशन गरिएको लेखापाल गिरीले बताउनु भयो ।

गत आर्थिक बर्ष ८ करोड र यस आर्थिक बर्षमा १३ करोडको बेरुजु रकम फछर्योट गर्नका लागि महालेखा परिक्षणको कार्यालयमा फाइल पठाएको गिरीको भनाई छ । बेरुजु रकम समयमै फछ्र्याेट नहुँदा सरकारले बार्षिक करोडौं मूल्य घाटा बेहोर्ने गरेको जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले बताउनु भयो । स्थानीय निकायको निर्वाचनपछि आफूको पहिलो एजेण्डा नै बेरुजु रकम उठाउने रहेको बताउँदै नेपालीले आफू त्यसका लागि लागिपरेको बताउनु भयो ।सरकारी कार्यालयका कर्मचारी कानुन बमोजिम नचल्दा धेरै समस्या देखिएको सभापति नेपालीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *