दाइजो

  
  प्रकाशित मितिः बुधबार, साउन २, २०७५       | 334 Views   ||

निबन्ध
दीपा धिताल
गाउँले र ठुलीका आफन्तहरूका कुरा सुन्दा दिमाग निकै तातिएर आयो । यो ठुलीको बिहे हो कि व्यापार ?यो ठुलीका बा,आमाको खुसी हो कि विस्मात ? अनि यो ठुलीको बिहे हो कि गाउँले र आफन्तहरूको ? भएभरको ऋण गरेर यत्रो मान्छेहरू बोलाएर आफू कङ्गाल भएर किन बिहे गराइदिनु प¥यो ठुलीको ? आफूसँग जे छ त्यसैले काम चलाए हँुदैन र गाउँलेहरूलाई आफन्तहरूलाई किन देखाउनु प¥र्यो ।?

आज त ठुलीको बिहे छ । एक हप्ता पहिले देखिनै हो उसको घरमा निकै चहलपहल देखिएको । पल्लाघरे ठुली आमै तल्ला घरे कान्छी बज्यै अनि मेरी ज्यैलाई पनि फुर्सद छैन टपरी खुट्ने,रोटी पकाउने बिहेको सामाग्री बनाउने । ठुलीका बाआमा दाजुभाई पनि निकै व्यस्त देखिन्छन् । व्यस्त पनि किन नहुन त,छोरीको बिहे पो हँुदैछ आज । ठुली पनि आफू कसरी राम्री देखिने भनेर अनुहारमा खै के के दल्दै छे । ठुलीका दाजुहरू के(के सामान आयो आएन भनेर गन्दैछन,हिसाब किताब गर्दैछन् । बाआमा छोरीको कन्यादानका लागि व्यस्त छन् । गाउँलेहरू भतेर बनाउन निकै हांैसिएका छन् । आफन्तहरू भतेर खाना आतुर देखिन्छन् । कति दिदीबहिनीहरू गरगहनामा सजिएर तँभन्दा म के कम भनेर कुनै फेसन (सोको प्रतिष्पर्धा जस्तै देखिन्छन) । ठुलीको घर यतिबेला निकै चम्किएको छ, खुसी र उमङगले भरिएको छ । मलाई एकपटक ठुलीलाई पराई घरमा बिदा गर्नु भन्दा पहिले ऊसँग भेट्न मन लाग्यो । ऊसँग बसेरै कुराकानी गर्न मन लाग्यो, अनि ऊ भएकै ठाउँतिर गएँ । ठुली त निकै भाग्यमानी रहिछस् तँलाई तेरा बा, आमाले यति ठुलो बिहे गर्दिदिदैछन् है !
अँ, के गरौं त एकदिन पराई घर जानैपर्ने बाआमा दाजुभाइले पनि राम्रै छ । जागिरे छ, घरपरिवार हुने खाने धनी छन भने अनि मैले पनि हुन्छ भनेँ । अनि विहे तँ गर्दैछस् उसलाई । चिनेकी छस् कि छैनस् ? जागिरे धनी भएपनि उसको बानी,व्यवहार थाहा छ तँलाई ? फेरि दाइजो भएन, ल्याइन भनेर दुःख देलान नि ? हामी त गरिब छौं,बाआमाले त्यति धेरै दिन पनि सक्दैनन् । केको दाइजो ? ऊ त दाइजोको बिरोधी हो । तलाई थाहाँ छैन र उसले त मानवअधिकार संस्थामा काम गर्छ रे । त्यस्तो मान्छेले पनि के को दाइजो खोज्नु नि ?
हो र ? दाइजोको बिरोधी हो भन्छेस् । फेरि तेरो घरमा त तँलाई दिने भनेर दाइजो भरिएको छ त ! के कुरा गर्छेस् तैले पनि । त्यो हैन के बिहे गर्दा त अलिअलि त दाइजो चाहिन्छ नि ! दाइजो नै भएन भने गाउँ घरले पनि के भन्छ ? दाइजोनै दिन सकेन भनेर कुरा काट्छ नि ! त्यै भएर बा, दाजुभाइले यति बनाएका हुन । मलाई ठुलीको कुरा सुनेर निकै हाँसो लाग्यो, ऊ दाइजोको विरोधी रे ! फेरि तैले तेरो जीवनको लागि बिहे गर्दैछस् कि गाउँघरको लागि हँ ? तँ पनि कस्ती मेरो कुरा हाँसोमा उडाउने आफ्नो पालो आयसी थाहाँ पाउँलिस् । यति कुरा गर्दा गर्दै ठुलीलाई पराई घरमा विदाई गर्ने वेला पनि भइसक्यो । अब ऊ टाढिदैं छे । ऊ जन्मेको आगनीबाट,ऊ टाढिदैं छे उसको छहारीबाट । उसलाई लखेट्दै छ ऊ जन्मेर हुर्केको आँगनीका राशीहरूले, अनि तान्दै छन पराईका सइनहरूले । कस्तो अचम्म ! ऊ आफ्नै आँगनीबाट लखेटिनुपर्ने आफ्नै छहारीबाट पन्छिनुपर्ने ।

उसलाई पराई घरमा बिदाइ गर्नको लागि म पनि उसको पछिपछि गएँ । मान्छेहरूको निकै भीड् छ । ठुलीका दाजुभाइ आफन्तहरूले ठुलीलाई बिदाइ गर्नका लागि घरभित्रबाट खै के(के ल्याउँदैं छन, सायद दाइजो नै हुनुपर्छ । दाइजो पनि के(के हो के(के ! घर बढार्ने कुचोदेखि लिएर पानी भर्ने गाग्रोसम्म । कोही त्यही उपस्थित भएका गाउँघरमा मान्छेहरू भन्दैछन् ठुली त कति भाग्यमानी ! माइतीघर त्यति हुने खाने नभएपनि यति ठुलो बिहे गर्दिए । यति धेरै दाइजो दिएर पठाए । घरपरिवार पनि हुने खाने नै छन रे । भाग्यमा त लेखेरै आएकी रहिछ ठुलीले । यी गाउँले र ठुलीका आफन्तहरूका कुरा सुन्दा दिमाग निकै तातिएर आयो । यो ठुलीको बिहे हो कि व्यापार ? यो ठुलीका बाआमाको खुसी हो कि विस्मात ? अनि यो ठुलीको बिहे हो कि गाउँले र आफन्तहरूको ? भएभरको ऋण कारेर, यत्रो मान्छे बोलाएर आफू कङ्गाल भएर किन बिहे गराइदिनु प¥र्यो ठुलीको । आफूसँग जे छ त्यसैले काम चलाए हुँदैन र गाउँलेहरूलाई ? आफन्तलाई किन देखाउनु प¥र्यो ? यी गाग्री र तावली सधैं उसले पानी भर्नुपर्ने ? यो कुचो सधैं उसले बढार्नको ? यी थाल र बटुका सधैं उसले भाँडा मिस्नको लागि ? अनि उसलाई बोकेर बिदाइ गर्नुपर्ने सधैं अरुकै सहारामा बाँच्नका लागि ?

उफ ! समय बदलियो अनि यस बीचमा धेरैथोक बदलिए । तर पनि दाइजो प्रतिको कुरा किन नबदलिएको होला ? गरिबहरू आफूले आफैलाई कङगाल बनाउदै छन । धनीहरू गरिबहरूको पसिना लुट्दैछन् । ठुली माइतीले दिएको भएभरको कुम्लो बोकेर अथवा भनौ दाइजो बोकेर पराईघरतिर लागि । आफूले नचाहेर पनि माइतीघरलाई दुःख र आँसु दिएर पराईघरलाई खुसी र सुखी बनाउनको लागि । ठुली निकै भाग्यमानी । केही बेर यसैको चर्चा,परिचर्चा चलिरह्यो । अनि माइतीघर सुन्य र रित्तो देखियो । ठुलीको बिहे भएको करिब,करिब दुई महिना वितिसकेको थियो । दुई महिनापछि ठुलीको र मेरो भेट भयो । ठुली माइतीघर आएको पनि दुई चार दिन बितिसकेको थियो । केही गाउँलेहरूको मुखबाट सुनेकी थिएँ । ठुली अब त्यो घरमा जान्न रेस अरु दाइजो चाहियो यसले पुगेन भनेर उसका घर,परिवारले उसलाई धेरै तनाव दिएर ऊ घर बस्न नसकेर आएकी रे ।

एकछिन त सोच्न पनि गाँरो भयो । सम्झेँ ठुलीको लोग्ने त दाइजो विरोधी हो, घरपरिवार पनि धनी छन पो भन्दै थिई । आफू रित्तो भएर, ऋण काढेर सके जति दाइजो त दिएकै हुन् । फेरि के चाहियो उनीहरूलाई । दाइजोको बिरोधी भएर नारा लाउदै हिड्ने लोग्नेले,दिएको दाइजोले नपुगेर फेरि दाइजो खोज्दै छ । ठुलीको घरपरिवार त आफै धनी हुने खाने छदैछन् । फेरि ठुलीका गरिबी बाआमाको पसिना लुट्नलाई, आफूसँग भएको नपुगेर अरुको पसिना कहिले खस्ला र खाउँला भनेर ¥याल चुहाएर बस्ने थुक्क धनीको नाममा कङगाल भएकाहरू । अरुलाई सचेत बनाउँदै, न्याय दिलाउदै हिड्ने मान्छेको यो चाल ? के न्याय दिलाउछन् ? के अधिकार दिलाउछन ? यस्ता नालायकले । बस,आफ्नै खोंचहरूबाट पैदा भएर आफ्नै भित्ताहरूलाई भत्काउँदै हिँड्ने नदीलाई पनि पहाडले के गर्न सक्छ र ? बरु सधैं टुलुटुलु हेरिरहन्छ निरीह भएर ।

बिहे गर्दा भाग्यमानी भएकी ठुली,बिहे भएको दुई महिना नबित्दैं अभागी भई । माइतीघरबाट दाइजोको कुम्लो बोकेर पराई घर गएकी ठुली अपमानको कुम्लो बोकेर फर्की फेरि माइतीघरमैं । यो बिधिको विधान पनि उदेकलाग्दो छ । दाइजोको बिरोधी उसको पोइ,दाइजो पुगेन भनेर ठुलीको जिन्दगीलाईनै नङग्याइदियो । मान्छे नचाहिने भए त दाइजोसँग मात्र बिहे गरेको भए नि त हुन्थ्यो नि । किन चाहियो उसलाई ठुली । किन गर्नुप¥यो उसले बिहे ? धिक्कार छ आफूले पसिना बगाउन नसकेर,आफूले कमाएको नपुगेर अरुको पसिनाको ¥याल चुहाएर बस्नेहरूलाई । आखिर हामी नारीहरू कहिलेसम्म यसरी किनिने र बेचिने ? किन हामीलाई किन्दै र बेच्दैछन् हाम्रा बा आमाहरूले ? हामी छोरीहरूलाई, त्यसैगरी हामी आफैं किन बेचिँदै र किनिँदै छौं यसरी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *