सफलता प्राप्तिका लागि के गर्ने ?

  
  प्रकाशित मितिः बुधबार, साउन २, २०७५       | 458 Views   ||

जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनु पर्छ । आफ्नो व्यवहार,भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ ।

गल्ती महसुस गर्ने, तनाव नलिने

गल्ती कसले गर्दैन ? जानेर पो गर्नुहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउँछन् । तर, यो बानी राम्रो होइन । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिवद्ध भएर पुराना गल्तीमा नअलिझने सोंच बनाउनुपर्छ ।
अर्काको नजरबाट आफूलाई नहेर्ने
धेरै मान्छेले जिन्दगीमा दोहो¥याउने गल्ती हो,यो । अरुले ‘राम्रोु भन्दा मख्ख पर्ने र ‘नराम्रोु भनेपछि खिस्रिक्क हुने प्रायः को बानी हुन्छ । यही गल्तीले मान्छेलाई निरन्तर पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्दैनन् र सबै आफ्ना अनुकूल हुँदैनन् । अरुको नजरमा आफूलाई सही नदेखेकैं अवस्थामा आफू गलत नहुन पनि सकिन्छ । त्यसैले सही सुझावलाई ग्रहण गर्ने तर उनीहरुको नजरिया अनुसार आफूलाई मूल्याङ्कन नगर्ने बानीले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ ।

परिवर्तनसँग नडराउने

मान्छे ठीकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । यथास्थितिमै रमाउन वातावरण सिर्जना गर्न थाल्छ । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन् । परिस्थितिको परिवर्तनलाई अवसरको नयाँ दैलो ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएका मध्ये परेकाछन् । सफलताको माथिल्लो सिँढीमा उनीहरुनै पुगेकाछन् । मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ । तर,समयसँगै आफूलाई बदल्न चाहन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ,जसले गर्दा बुद्धिको विकासमा असर पु¥याउँछ । परिवर्तनसँग डराउने होइन,डटेर सामना गर्ने विचारले दिमाग बढाउँछ ।

एक्लोपन महसुस नगर्ने

धेरै मान्छे अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकी साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन् । बिस्तारै त्यसरी सोच्नेग्रन्थी बन्द हुँदै जान्छ । गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन् । त्यसैले एक्लोपनसँग डराउने होइन,त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुसीका लागि साथीमा निर्भर नभई एक्लै रमाउनुपनि सफलताको कारक बन्न सक्छ । त्यसरी रहँदा नयाँ सोच आउने सम्भावना धेरै हुन्छ ।

अर्काको सफलतामा रमाउने

सामूहिक रोग हो,अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः दिमागनै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यैं सफलता हासिल गर्न सकिँदैन् । अर्काको सफलतामा समेत रमाउने स्वभावको विकास गर्दा आफ्नो सफलताका लागि सोच्ने शक्तिको विकास हुन्छ ।

अरुसँग तुलना नगर्ने

आफ्नो तुलना अर्को कोहीसँग गर्नु हुँदैन् । किनकि जन्मिने वातावरण,समय र अवस्थानै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावना नै हुँदैन् । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यैं बुद्धिको विकास हुन दिँदैन् । आफू अरु भन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ । अरु सँग तुलना गर्दा कि त आफू कमजोर भएको महसुुस हुन्छ, कि त बलियो । दुइटै दिमागलाई नयाँ तरिकाले उपयोग गर्ने प्रक्रियाका बाधक हुन् । आफूसँग भएको कुरालाई उच्चतम प्रयोगका लागि सोच्ने बानीका कारण दिमाग सदा विकल्प ठम्याउनेतिर अघि बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *