बधशालाको दुर्गन्ध फैलियो गाउँमा, नालाको पानीले पखालिन्छ मासु

  
  प्रकाशित मितिः सोमवार, साउन १४, २०७५       | 189 Views   ||

जनक नेपाली
दाङ ÷ घोराही उपमहानगरपालिका १८ मा रहेको राँगा बधशालामा दुर्गन्ध फैलिदा त्यहाँका स्थानीय समस्यामा परेकाछन् । बधशालाको उचित व्यवस्थापन र सरसफाईमा ध्यान नदिदा फैलने दुर्गन्धले स्थानीयको दैनिकी अप्ठयारोमा पर्न थालेको छ । बध शालामा यत्रतत्र छरिएको लादी, कुहिएका छाला र रगतले बसेर खानै नसक्ने अवस्थामा पुगेको स्थानीयवासी गोमा भण्डारी बताउँछिन् । ‘भित्र,बाहिर गर्दा समेत मुख थुनेर बस्नुपर्ने बाध्यता छ’ उनीले भनिन ‘२४ संै घन्टाको दुर्गन्धले बसाई सर्नुपर्ने बाध्यतामा पु¥याएको छ’ ।
सोहि कुरा छ घोराही १८ कि शान्ति पुनको पनि । ‘दुर्गन्धका कारण हाम्रो उठिवास लाग्ने अवस्था आएको छ’ उनीले भनिन(‘गाउँमा कुनै नयाँ मान्छे आए बस्न सक्ने अवस्था छैन’ । १४÷१५ बर्षदेखि एउटै ठाउँमा बधशाला राख्दा पनि त्यसको उचित व्यवस्थापन हुन नसक्नु व्यवसायीहरुको लापरवाही र स्थानीय तहको कमजोरी देखिन्छ स्थानीय गोमा भण्डारीले बताइन् । स्थानीय भण्डारीका अनुसार मासु काट्ने ठाउँमा कुहिएको रगतमा जम्मा भएका किरा र झिँगामै मासु काटी दैनिक विक्री गर्ने गरिन्छ । बधशालाकै कारण वालवालिकामा विभिन्न रोग देखापर्न थालेको भण्डारीको भनाई छ । बृद्ध,बृद्धा र वालवालिकामा श्वास,प्रश्वास बन्द हुने र शरीर चिलाउने जस्ता समस्या देखापरेको भण्डारीले बताइन् ।

मासु पखाल्ने पानी नालाको

बधशालामा पानीको समेत व्यवस्था नहुँदा मासु पखाल्न नालाको पानी प्रयोग हुने गरेको पाइएको छ । बधशालाभित्र अहिलेसम्म एउटा धारा समेत जडान नभएको भन्दै मासु पसलेले नालाको पानी प्रयोग श्गदंै आएको स्थानीय लक्ष्मी रिजालले बताउनु हुन्छ । बजार क्षेत्रबाट आएका सेफ्टी टंकी र नालाको फोहर पानीले मासु पखालेर बेच्दा समेत त्यस प्रति कसैले चासो नराखेको रिजालको भनाई छ । मासु पसलेसँग हामीले पटक÷पटक छलफल गर्दा पनि कुराको सुनुवाई नभएको रिजालको भनाई छ । विद्यालयनै बन्द गर्ने अबस्था
बधशालाका कारण वरपरका विद्यालय प्रभावित बन्न पुगेकाछन् ।

बधशालाको दुर्गन्ध हावाले उडाएर स्कूलसम्म पु¥याउँदा पठनपाठनमै समस्या उत्पन्न हुने गरेको शुभप्रभात माविका प्राधायापक रुद्र बुढाले बताउनु भयो । विद्यालयमा अध्ययनरत करिब ६ सय विद्यार्थी प्रभावित बनेको प्राध्यापक बुढा बताउनु हुन्छ । मासु व्यापारीसँग बधशाला व्यवस्थित गर्ने विषयमा छलफल भएपनि उनीहरुले लापरवाही गर्दै आएको बुढाको भनाई छ । विद्यालयमा असर परेपछि मासु पसलेलाई कारवाहीको माग सहित उपमहानगरपालिको १४ न.ं वडामा निवेदन समेत दर्ता गरेको बुढाले बताउनु भयो । बधशालाका कारण राप्ती आवासीय,लालीगुँरास, लिटिल एन्जल, अन्नपूर्ण र बालविकास माविका गरी सयौं विद्यार्थीले मार खेपिरहेकाछन् ।
नियमन गर्ने निकाय नै मौन

बधशालामा फैलिएको दुर्गन्ध र अस्वस्थकर मासु विक्री भइरहँदा पनि स्थानीय नियगमनकारी निकाय मौन बसेको छ । फोहर ठाउँमा मासु काटेर बिक्री गर्दा समेत सम्बन्धित निकायको ध्यान नपुग्नुमा स्थानीय जनता अचम्ममा परेकाछन्  । कसैले सुनुवाई नगरेपछि बधशाला हटाउनका लागि आन्दोलनको तयारी गरिरहेको स्थानीय मन्जु गुप्ताले जानकारी गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *