प्रकाशित मितिः सोमवार, साउन १४, २०७५       | 194 Views   ||

किसानको सारङ्गीसँगैको यात्रा

सन्तोष अधिकारी,दाङ । सात बर्षको उमेरमा पढ्न विद्यालय जादंै गरेका किसान गन्धर्वलाई उनका बुबाले सारङ्गी थमाइदिए । बुबाले दुई झापट हानेर ‘यो बजाउन सिक पेटभर खान पाउँलास’ भनेको कुरा उनीलाई अहिले पनि याद छ । ततप्रश्चात उनको सारङीसँगैको यात्रा आजसम्म जारी छ । उमेरले ४० काटेका किसानले सारंगीको धुन र गीतमा सबैलाई मन्त्रमुग्द पार्छन । घोराही उप महानगरपालिका १२ नयाँ बस्तीका किसान सारंगी बजाउने र गाउँने कलामा निपूर्ण भइसकेकाछन र उनी सबैको प्रंशसा पात्र बनेकाछन् ।

समाजमा हुने विभिन्न घटनालाई उनले गीतमा उतारेर गाउँदा सबैका आँखा रसाउँछन । पुराना होस या नयाँ गीत उनीले स्वरमा मिठास भर्न जानेका छन र सारङीको धुनमा सुरिलो लय भर्न । बुबाले पढ्न नपठाएकोमा उनी पछुतो त मान्छन तर सीप र कला सिकेकोमा प्रसन्नता पनि व्यतm गर्छन् । ७ बर्षमै बुबाले हातमा सारङी थमाइदिएपछि उनी रिसाएर भागेर भारत पुगे र लेवर काम गर्न थाले । त्यहि वस्दा आफूले सारंगी र मादल बजाउन सिकेको किसान गन्धर्व वताउँछन् । घर फर्किदा उनका बाबाले दिनभर सारंङी रेटेर जुटाएको खर्चले छाक टार्ने जोहो गरेको देखी केही सुखका सपना बोकेर किसान काठमाण्डौं पसे । सारंङीको तालमा गीत गाउन र मादल बजाउन सिपालु भइसकेका किसान काठमाण्डौमा कमाई कर्ममा हिड्न थाले ।

शहरमा उनको चिनजान साथी कोही थिएन केवल एउटा सारंगी बाहेक । काठमाण्डौका घर,घर र गल्लीमा उनले पुराना गीत गाउँन थाले । क्रमशः उनले रोधी घरमा वाद्य,वादनमा काम गर्न थाले । अहिले उनी गाईने दाईले सारंगी बजाउदा आनन्द आउँछ भन्नेहरु धेरै भेटेको उनी वताउँछन् । अहिले सारंगी बजाउनेहरु घट्दै गइरहेकोले बजाउनेको माग भने बढेको उनले बताए । किसानले काठमाण्डौका विवाह रत्यौंली कार्यक्रम, रोधीघर तथा ठुला ठालुका घरमा पनि गीत गाउँन जाने गरेकाछन् । उनले सारंगी बजाउदै गीत गाएर मासिक २० देखि ३० हजारसम्म कमाउने गर्छन् ।

गीतलाई सारङ्गीको तालमा लयवद्ध गर्दै गाउँदै साँझ,विहानको छाक टार्ने गन्धर्व जातका गाईनेहरु आजभोलि कमै मात्र देखिन्छन् । पुराना लोक भाकालाई सारङ्गीको धुनमा लय हाली गाउँदै हिड्ने गाईनेले आजभोलि गाउँन छोड्दा पुराना भाका समेत लोप हुन थालेको सरोकारवालाहरु बताउँन थालेकाछन् । जसले गर्दा पुराना गीत,संगीत ओझेलमा पर्ने हुन कि भन्ने चिन्ता धेरैको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *