पचास प्रतिशत खेत बाँझै, आकास हेर्दै किसान

  
  प्रकाशित मितिः मङ्लबार, साउन १५, २०७५       | 146 Views   ||

दिपक वोहरा दाङ,
दाङका ५० प्रतिशत खेतहरुमा अझै रोपाई हुन सकेको छैन । साउनको आधा महिना सकिदा समेत अझै खेतहरु बाँझैछन । आकासबाट प्रयाप्त पानी नपर्दा अझैं ५० प्रतिशत खेतमा रोपाई हुन सकेको छैन । महिनामा पनि खोलाहरु सुख्खा जस्तै छन भने कुलामा पानी बग्न सकेको छैन । आकासे पानीको भरपर्दा असारमा खेतमा राखेका ब्याडहरु सुक्न थालिसकेका छन् ।
तुलसीपुर ७ हरिबगियाका किसान मोहन चौधरी साहुको जग्गा अधिया लगाएर गुजारा गरिरहेकाछन् । जब आकास गर्जिन्छ तब उनी कतिबेला झरी पर्ला र रोपाईं शुरु गरौंला भनेर सोचिराख्छन् । यस्तै सोचाईमा राखि पानी पर्ने आशामा बसिराखेकाछन किसानहरु । तुलसीपुर ३ कै रामचन्द्र भट्टराईलाई आफ्नो खेत रोप्न ५ दिन लाग्यो । कुलोमा प्रशस्त पानी नभएपछि उनले किस्ता,किस्तामा रोपाई गरे । एकैदिनमा सबै खेत रोपाई गर्न नसकिए पछि उनले आधा,आधा गरेर खेत रोपाई गरे । त्यो गर्दा उनको पाँच दिनमा रोपाई सकियो । विगतका बर्षमा असार महिनाभित्र दाङमा ५० प्रतिशत रोपाई सकिएको हुन्थ्यो । तर यसबर्ष साउन आधासम्म पनि ५० प्रतिशत धान रोपाई हुन सकेको छैन् ।

हाईड्याम्प नबनाउँदा समस्या उस्तै

समयमा बर्षा नहुँदा यो बर्ष मात्रै होईन, बिगतका बर्षहरुमा पनि यस्तै समस्या थियो । साउनसम्म पनि रोपाई नहुँनु किसानहरुका लागि दुःखद पक्ष हो । यसले उत्पादनमा गिरावट आउन सक्ने जिल्ला कृषि बिकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीले बताए । सिंचाईको उचित प्रबन्ध मिलाउन सक्ने हो भने किसानहरु आकासे पानीको भरमा बस्नुपर्ने अवस्था आउँदैन उनको भनाई छ । त्यसका लागि हाई ड्याम्प बनाउने अनि बर्षाको पानी संकलन गर्ने र सिंचाईका लागि प्रयोग गर्ने । यसो गर्न सकिएमा दाङमा सिंचाईको समस्या समाधान हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *