निर्माणाधीन सडकले बर्षौसम्म पूर्णता नपाउँदा स्थानीय आजित

  
  प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       | 197 Views   ||

जनक नेपाली
दाङ ÷ घोराही उपमहानगरपालिका वडा न. १७ स्थित चौघेराको डबरी सडक खण्ड निर्माण शुरु भएको ३ बर्ष बितिसक्दा पनि त्यसले पूर्णता पाएको छैन । घोराही–लमही सडक खण्डको वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको उक्त सडक निर्माणको काम आजसम्म पनि सम्पन्न भई नसक्दा स्थानीयले समस्या भोग्दै आएकाछन् । कृष्णबहादुर महरा अर्थमन्त्री रहेका वेला करिब एक करोडको बजेट विनियोजन गरी सडक निर्माण र कात्रोपत्रको काम शुरु गरिएको थियो । उतm योजनालाई निरन्तरता दिन नसक्दा समस्या भएको स्थानीय बोधीप्रसाद पुनले जानकारी दिनु भएको छ ।

आर्थिक बर्ष २०७४÷०७५मा घोराही उपमहानगरपालिकाले दश लाखको बजेट विनियोजन गरेपनि हालसम्म सडक निर्माण कार्य सम्पन्न हुन नसकेको बोधीप्रसादको भनाई छ । सडक निर्माणमा ठेकेदार र स्थानीय निकायकै लापरवाहीका कारण सर्वसाधारणले दुःख पाउँदै आएको पुनले वताउनु भयो । अब ७ सय मिटर सडक मात्र कालोपत्रे गर्न बाँकी रहेको भन्दै बोधीप्रसादले छुटपुटका योजना माथि स्थानीय तहले ध्यान नदिदा समस्या भएको वताउनु भयो । कालोपत्रे गरेको सडक पनि बाँकी रहेको अपुरो कामका कारण बिग्रिने अवस्थामा रहेको पुनको भनाई छ । कटुवा खोलामा पुल नबन्दासम्म वैकल्पिक मार्गका रुपमा प्रयोगहँुदै आएको चौधेरा, डबरी सडक खण्डलाई पूर्णता दिनेमा अहिलेसम्म कसैको चासो नदेखाएको गुनासो स्थानीयहरुको रहेको छ ।

उक्त सडक खण्डलाई पूर्णता दिन झण्डै ४० लाख बजेट आवश्यकपर्ने र त्यसको व्यवस्थापन वडाले गर्न नसक्ने वडा नं. १७ का अध्यक्ष खुशीराम चौधरी वताउनु हुन्छ । वडामा निर्माणधीन अवस्थाका यस्ता अधिकांस योजना छुटेको भन्दै वडा अध्यक्ष चौधरीले ती योजना सम्पन्न गर्न चुनौती थपिएको बताउनु भयो । वडामा ९० लाख मात्र बजेट आउँने भन्दै वडा अध्यक्ष चौधरीले एकै ठाउँमा ५० लाखको योजना सन्चालन गर्दा वडा सन्चालनमै समस्या हुने बताउनु भयो । घोराही उपमहानगरपालिकाका अधिकांश वडामा यो समस्या विकराल बन्दै गएको चौधरीे बताउनु हुन्छ । बजेट अभाव हुँदा निर्माणाधीन अवस्थामा ७÷८ वडा योजना अलपत्र अवस्थामा रहेको उहाँको भनाई छ । वडा नं. १७ को गुलरिया, घनीवगीया,भैसाही चोक हँुदै घोराही–लमही सडक जोड्ने करिव ३ किलोमिटर सडक पनि अलपत्र छ । साथै वर्गद्धी, ढिकपुरको दुई किलोमिटर, क्वाडी हुँदै धारपानी जोड्ने १किलोमिटर सडक र ओखरा, ढिकपुरको डेढकिलो मिटर अनि चौघेरा, धोब्बे, घनीबगीयामा पुल निर्माण सहितको तीन किलोमिटर सडक अलपत्र अस्थामा रहेको चौधरीले बताउनु भयो ।

छुटफुटका योजनालाई पूर्णता दिन केन्द्र सरकारले स्थानीय निकाय र प्रदेश सरकारलाई निर्देशन गर्ने र स्थानीय निकायबाट छुटफुट योजनाका लागि बजेट नहुने भन्दै अपुरा कामहरु अलपत्र भइरहेको चौधरी स्र्कानुहुन्छ । प्रदेश सरकारले यस्ता योजना संचालनका लागि कुनै चासो नदिएको गुनासो पनि अध्यक्ष चौधरीको रहेको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भने छुटफुटका सडक योजना सम्पन्न गर्नका लागि सडकबोर्ड मार्फत काम गर्दै आएको वताउनु हुन्छ । घोराहीमा यस्ता योजना अलि धेरै रहेको भन्दै सडक मर्मत कार्यक्रम अन्र्तगत क्रमशः सबै योजनालाई पूर्णता दिइने मेयर चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *