कला क्षेत्रमा दौडदै कमल गाउँले

  
  प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       | 229 Views   ||

कला क्षेत्रबाट उदाएका कमल गाउँले शहरमा समेत परिचित भइसकेको नाम हो । हाँस्य कलाकारका रुपमा नाम कमाएका कमल गाउँलेले अहिलेसम्म १८ गाईजात्रे एल्वम निकालिसकेका छन् । ‘गर्नु ग¥यौं बालाराम भैसी पालेर….’नामको लोक गीतमा गरेको अभिनयबाट राष्ट्रिय कलाकारको ख्याती कमाएका कमलले भर्खरै मात्र चाइना रेलको गाईजात्रे एल्बल बजारमा ल्याएकाछन् ।

सानैदेखि कलाकारितामा रुची भएका कमलले उतिवेला भने जनता व्यूँझाउने जनवादी गीत गाउँदै गाउँ,गाउँमा पुग्ने गर्थे । जिल्लामा हुने कुनै साँस्कृतिक कार्यक्रम होस या कुनै सडक नाटक । सबैमा उनको सशतm सहभागिता रहन्थ्यो । पारिवारिक र सामाजिक परिवेशले कमललाई सानैदेखि क्रान्तिकारी चेतना जागृत गराइदिएको थियो । र उनी क्रान्तिका गीत,संगीत गुन्जाउँदै दुर गाउँबस्ती सम्म अभियानमा पुग्ने गर्थे ।त्यतिबेलाको जनमोर्चा अर्थात अहिलेको नेकपा माआवादीको साँस्कृतिक टीममा रहेर उनले आफूमा भएको कलाकारिताको जग हालेका थिए । २०४८ देखि २०५२ सम्म उनी त्यसैगरी जनवादी गीतहरु गाउँदै जनताका माझ पुगेका थिए ।

जनयुद्ध प्रश्चात उनी अप्ठयारोमा परे र गाउँ छाडेर सपनाको शहर काठमाण्डौं पसे । त्यहाँ उनीलाई व्यवसायीक कलाकार बन्न ठुलो पहाड चढ्नु जतिकै कठिन थियो । दाङको गाउँले ठिटो । पश्चिमी भाषा शैली । निम्नमध्यम बर्गीय परिवारको मान्छे । उनलाई काठमाण्डौंमा टिक्न सहज थिएन तर पनि नटिकीनहुने बाध्यताले उनलाई संघर्षशील बनायो । पिपलको बोट ढुंगाको कापबाट उम्रन्छ भनेझैं कमल गाउँले त्यस्तै असहज परिस्थितिहरु बीच एउटा व्यवसायीक कलाकार बन्न सफल भए । त्यतिखेरको विगत सम्झदैं कमल भन्छन–‘हो साँच्ची केही समय म काठमाडौंमा हराएझै भए, तर,पछि काम गर्दै जाँदा राम्रो अवसर मिल्दै गयो ।’आज उनी दाङको गहना भएकाछन भने राष्ट्रले चिन्ने हाँस्य कलाकार ।
उनीलाई मान्छेहरु कमल गाउँलेबाट भन्दा बढी बालाराम नाम बाट चिन्ने गर्छन् । कारण त्यहि ‘गर्नु गरयौं बालाराम भैसी पालेर’ गीतकोे बालारामबाटै उनी कलाकारितामा लोकप्रिय हुन पुगे ।‘दर्शक स्रोताहरुले गीत मनपराइदिएर मेरो नामनै बालाराम राखिदिनु भएको छ, यहि नै मेरा लागि मायाको ठुलो उपहार हो,’ कमल बताउँछन् । सानैदेखि हाँसि,ठट्टाका रसिक कमल सबैका प्रिय मान्छे बन्न सफल छन । अरु कलाकार शहर बसेर कलाकारिता गर्छन तर कमल गाउँमै बसेर गाउँका कुराहरुलाई कलाकारितामा उर्ताछन् । हाँस्य विधाका अलावा अभिनय, गीत र संगीतमा रुची भएका गाउँलेले हरेक बर्ष एउटा गाइजात्रे एल्वम लिएर दर्शक मात्र आउँने गर्छन् । राजनीति कू–संस्कार र समाजका विकृति माथि तिखो व्यङ्ग्य गर्न सिपालु कमल गाउँले लोभलाग्दो गरी उदाएका राष्ट्रिय प्रतिभा हुन जो माथि माथि उक्लिदै गइरहेकाछन् ।

गाउँलेले गाईजात्रा मात्रै १८ ओटा एल्वम निकालेका छन् । अन्य दर्जनौं एल्वममा उनले अभिनय गरेका छन् । उनको सबैभन्दा लोकप्रिय बनेको एल्वम हो । ‘गर्नु ग¥यौं वालाराम भैसी पालेर….’ नामको लोक गितमा उनले गरेको अभियन निकै चर्चित भयो । गाउँगाउँमा कमल पुग्दा अहिले पनि ‘वलाराम आयो…’ भनेर भन्नेहरु धेरै छन् । उमेरले ४४ वर्ष पुगेका गाउँलेले जिन्दगीमा धेरै दुःख गरेका छन् । उनले देखिने गरी कलाकारिता बाटै एउटा घर बनाएका छन् । घर त देखिने बस्तु मात्रै हो तर, कमल गाउँलेले लाखौं लाख कलाप्रेमी जनताको मायाँ पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *