शनिवार पनि सरकारी कार्यालय खुल्ने

  
  प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       | 218 Views   ||

दाङ । जिल्लाका सरकारी कार्यालयहरु शनिवार पनि संचालन गर्ने तयारी जिल्ला प्रशासन कार्यालय थालेको छ । त्यसका लागि जिल्लाका दशवटै निकायमा पत्रचार गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनु भएको छ ।

स्थानीय तहलाई पत्राचार गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आगामी भदौ देखि शनिवार पनि कार्यालय संचालन गर्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । कार्यालय संचालनका लागि स्थानीय निकायसँग राय,सुझाव माग गरेको र त्यसपछि शनिवार पनि कार्यालय संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यका साथ शनिवार पनि कार्यालय संचालनका लागि आफूहरुले तयारी थालेको जिल्ला प्रमुख श्रेष्ठको भनाई छ ।
जिल्लाका अन्य सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र उनका परिवारले विदाको दिनको समुपयोग गर्दै जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्य पनि रहेकोे प्रजिअ श्रेष्ठले बताउनु भयो । यदि यो कार्ययोजना लागू गर्ने हो भने शनिवार पनि कार्यालय खुल्ला राख्ने जिल्ला प्रशासन कार्यालय दाङ नै पहिलो र एक मात्र कार्यालय हुने छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *