भुटेको मकै खानुका फाइदा

  
  प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       | 225 Views   ||

गाउँघरतिर सजिलो र सहज नास्ता हो, भुटेको मकै । अहिले शहरियाको जिब्रो पनि भुटेको मकैमा लोभिएको छ । बाहिर भन्दा घरमै भुटेको मकै स्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।

भुटेको मकैमा धेरै फाइबर,पोलिफेनोलिक,एन्टिअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स,म्यागनिज र म्यागनेसियम जस्ता प्रभावशाली पोषक तत्वहरु पाइन्छन् । जसले कोलस्ट्रोल कम गर्ने, क्यान्सरबाट बचाउँनुका साथै बुढ्यौली र मोटोपनालाई घटाउने काम गर्छ । भुटेको मकैमा फाइवर हुने भएकाले मधुमेह रोगीका लागि यो फाइदाजनक छ भने यसमा म्यागनिजको मात्रा बढी हुने भएकाले हड्डीलाई पनि मजबुत बनाउँछ । भुटको मकैमा आइरनको मात्रा पनि प्रचुर हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *