मंगलग्रहमा भेटियो पानी पोखरी

  
  प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       | 174 Views   ||

जीवको आशा कति ?

मंगलग्रहमा तरल अवस्थामा पानी भएको प्रमाण अनुसन्धान कर्ताहरुले फेला पारेकाछन् । फेला पारेको जलाशय सो ग्रहको दक्षिणी धु्रबीय हिमवत क्षेत्रमुनि झण्डै २० किलोमिटर चौडामा फैलिएको छ । यसअघि गरिएका अनुसन्धानमा मंगल ग्रहको धरातलमा तरल पानीको सम्भावित चिन्ह भेटिएको थियो । तर पानी पाइएको यो पहिलो प्रमाण हो ।
नासाका क्युरियोसिटी रोवर भनिने अन्तरिक्ष वाहनले जुन ताल बारे पत्ता लगाएको थियो, त्यसको पिँधको अन्वेषण गर्दा अतितमा पानी रहेको पत्ता लागेको थियो । यद्यपी, पातलो वायुमण्डलका कारण मंगलको जलवायु पहिलेको तुलनामा चिसो भएको छ ।

फलस्वरुपः त्यहाँको पानी बरफमा परिवर्तन भएको छ । यो नयाँ अनुसन्धान मार्सिसको मद्दतले सम्भव हुन सकेको हो । मार्सिस मार्स एक्सप्रेस आर्बिटरमा भएको एक राडार उपकरण हो । अध्ययनको नेतृत्व गर्ने इटालियन नेशनल इन्स्टिच्युट अफ एस्टूोफिजिक्सका प्राध्यापक रोवर्टी ओरोसेई भन्छन, ‘यो सम्भवतः त्यति ठूलो ताल नहुन सक्छ ।ु यद्यपी, मार्सिसले तरल पानीको गहिराई कति छ भन्ने बारे पत्ता लगाउन सकेन । तर अनुसन्धान टोलीले यो कम्तीमा पनि एक मिटर गहिरो हुन सक्ने अनुमान गरेका छन । प्राध्यापक ओरोसेई भन्छन, ‘जे भेटिएको छ, त्यो पानी नै हो । यो एक पोखरी जस्तो छ । पृथ्वीमा जस्तो हिमतालको हिउँ पग्लिएर बगेको पानी चट्टान र बरफको बीच भाग भरिएर रहे जस्तो होइन ।’

जीवको सम्भावनाको खोजी

मंगलग्रह माथि भएको यो ताजा खोजबाट जीवनको सम्भावना बारे निश्चित रुपमा अहिलेनै केही भन्न सकिन्नँ । ओपन युनिभर्सिटीका डा.मनिष पटेल भन्छन, ‘हामीलाई लामो समयदेखि थाहा थियो कि मंगल ग्रहको सतहमा जीवका लागि अनुकूल वातावरण छैन । त्यसैले अहिले मंगलमा जीवको खोजी त्यस मुनिको तहमा हुँदैछ ।’
उनी थप्छन, ‘नयाँ अनुसन्धानबाट मंगलमा पानी भएको पत्ता लागेको छ तर यतिले मात्र जीवको सम्भावना बारे निष्कर्षमा पुग्न सकिन्न । ‘हामी जीवको सम्भावनाको नजिक पुगेका छैनौं । तर अब मंगल ग्रहमा कहाँ र कुन दिशामा अघि बढ्ने भन्ने विषयमा पत्ता लागेको छ । यो लुकेको खजानाको नक्सा जस्तो हो ।’
–एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *