राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मे.सु. आफैले नेतृत्व गर्न खोज्दा समस्या

  
  प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       | 235 Views   ||


जनक नेपाली
दाङ ÷ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै काम अलपत्र परेकाछन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी संगीता भण्डारी र निमित मेडिकल सुपरिटेन्डेन डा. जनार्दन पन्थी बीचको आन्तरिक द्धन्दका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम रोकिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक २०७४ मा संसदबाट पारित भएपनि अहिलेसम्म प्रतिष्ठानको काम पुरा हुन नसकेको अस्पतालमा कार्यरत कर्मचारीहरु बताउछन् । निमित्त मेडिकल सुपरिटेन्डन डा.जनार्दन पन्थी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी निर्देशकमा आउँन खोज्दा समस्या भएको अस्पतालमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन, अस्पतालको सेवा सुविधा वृद्धि पूर्वाधार निर्माण तथा प्रतिष्ठानको गुरु योजना निर्माण लगायतका काम अन्तिम चरणमा पुगे पनि त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा आन्तरिक सहमति नहुँदा समस्या बल्झिएको हो । प्रतिष्ठान कि भिसी भण्डारी र मे.सु पन्थीले आ–आफ्नै पक्षमा लविङ गर्दै आएका कारण समस्या देखिएको छ । दलका शिर्ष नेतृत्वसँग भेटघाट गर्दै आफ्ना पक्षमा निर्णय गराउन लविङ गर्दै आएका छन् ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान हस्तान्तरणको काम पटक÷पटक स्थगित हँुदै आएको बताउँदै कार्यकारी निर्देशक आफू नहुँदासम्म प्रकृयानै अगाडी नबढाउने मनस्थितिमा डा.पन्थी उभिएको समाचार श्रोतले जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठन संचालनका लागि यस आर्थिक बर्षमा करिव ८ करोड रुपैयाँ बजेट समेत प्राप्त भएको बताउँदै अब काम शुरु नहुँदा प्रतिष्ठान हुने कि नहुने भन्नेका जनस्तरबाट प्रश्न समेत उठेको ती कर्मचारीले वताए ।

विशेषज्ञ सेवामा सिन्डीकेट

राप्ती उपक्षेत्रिय अस्पतालले विरामी माथी सिन्डिकेट लगाउँदै आएको छ । अस्पताले प्रसुती, हार्डजोर्नी, नाक, कान, घाँटी,छाला,भिडियो एक्सरे लगायतका विशेषज्ञ सेवाका लागि सिन्डीकेट लगाउँदै आएको अस्पताल कै कर्मचारी बताउँछन् । दिनभर ४० जना विरामीको मात्र उपचार गर्दै आएको बताउँदै त्यता तर्फ पनि कसैको ध्यान पुग्न नसकेको कर्मचारीले बताए । सिन्डिकेट कै कारण टाढाबाट आउने विरामी फर्कर्नु पर्ने बाध्यता रहेको उनले बताए । एउटा कोठामा २ डाक्टर बस्ने एउटा विरामी चेक गर्दा अर्काे खाली बस्ने प्रवृत्ति समेत देखापरेको छ ।
सरकारीमा विरामी जाँच निजीमा अप्रेशन

्उपक्षेत्रिय अस्पतालमा कार्यरत अधिकांश डाक्टर आफनै मेडिकल संन्चालन गर्दै आएकाछन् । विरामीको सरकारी अस्पतालमा चेक गर्ने अप्रेसन गर्नुपर्ने निजी मेडिकलमा अपे्रशन गर्दै आएकाछन् । त्यसबाट डाक्टरले चर्काे मूल्य समेत असुल्ने गरेको उनले बताए ।

प्रतिष्ठानका विरुद्धमा मेडिकल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विरुद्धमा निजी मेडिकल लागेकाछन् । प्रतिष्ठान संचालनमा आए प्रतिष्ठानको एक किलोमिटर वरपर कुनै निजी मेडिकल राख्न र प्रतिष्ठानमा कार्यरत कुनै डाक्टर निजी मेडिकलमा काम समेत गर्न नपाइने भएपछि मेडिकल संचालकनै प्रतिष्ठानको बिरुद्धमा खनिएका हुन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका बारेमा कुरागर्दै प्रतिष्ठानका भिसी संगिता भण्डारीले मे.सु.र आफ्ना बीचमा कुनै विवाद नभएको वताईन् । दुवै जनाले एक आपसमा सहकार्य गरी काम गर्दै आएको बताउँदै गत असार २० गतेको मन्त्रिपरिषद्को निर्णयबाट देउवा सरकारले गरेको सबै निर्णय खारेज गरेपछि समस्या भएको वताउनु भयो । साथै निमित्त मेडिकल सुपरिटेन्ड डा.जनार्दन पन्थीले अस्पतालको कुनै पदाधिकारीमा आउँने योजना आफूसँग नभएको वताउनु भयो । कार्यकारी निर्देशक नपाएर प्रतिष्ठानको काम रोकियो भन्नु गलत भएको भन्दै सबैले सहमति दिए कार्यकारी निर्देशक हुने त्यसमा विवाद देखिए त्यो पनि छोड्ने वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *