पाण्डव शर्मा घोराही÷ घोराही उपमहानगरपालिकाले जथाभावी जग्गा प्लटिङ रोक्नका लागि नयाँ कदम चालेको छ । उपहानगरपालिकाको वडा नं १८ मा चालू आर्थिक बर्षको साउन देखिनै खेतीयोग्य जमिनमा कित्ताकाटमा रोक गरिएको छ । कुलो सिँचाईं लाग्ने ठाउँमा पूर्ण रुपमा कित्ताकाँट रोकिएको वडा अध्यक्ष एवं घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले जानकारी दिए । उनका अनुसार सबै वडामा खेतीयोग्य जमिनमा भइरहेको कित्ताकाट रोक्न नयाँ कदम चाल्ने काम भइरहेकोछ । ‘हामीले उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट खेतीयोग्य जमिनमा कित्ताकाट पूर्ण रुपमा रोक्ने व्यवस्था मिलाउँदै छौं,’ उनले भने, ‘सरकारले सबै क्षेत्रमा कित्ताकाट रोके पनि जग्गा व्यवसायी र मालापोत कार्यालयका कर्मचारीको मिलो मतोमा कुनै न कुनै रुपमा कित्ताकाँट गर्ने काम भइरहेको छ ।’
१८ नं वडाले खेतीयोग्य जमिनमा कित्ताकाँट नगर्न मालपोत कार्यालय र नापी कार्यालयलाई समेत आग्रह गरिसकेको छ । अन्य क्षेत्रमा प्लटिङका लागि पनि वडा कार्यालयबाट अनिवार्य अनुमति ल्याउनुपर्ने छ । ‘खेतियोग्य जमिन कुनै पनि हालतमा प्लटिङ गर्नै पाइदैन, यदि सिचाईको सुविधा नपुगेका क्षेत्रमा प्लटिङ गर्न चाहेमा वडाबाट अनिवार्य अनुमति ल्याउनुपर्छ ।’ अब जग्गा व्यसायी वा जग्गा धनीले प्लटिङ गर्दा दायाँ वायाँ अनिवार्य नालाको व्यवस्था गर्नुपर्छ । ७ मिटर भन्दा कमका बाटो बनाएर प्लटिङ गर्न पाइने छैन । कुनै प्लटिङमा जग्गा प्लटिङ गरेमा खुला क्षेत्रका लागि पनि अनिवार्य ठाउँ छुट्याउनुपर्ने