आम्दानीको स्रोत कृत्रिम जलाशय

  
  प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       | 102 Views   ||

दाङ ÷ सर्वसाधारणलाई खाने पानीको जो हो टार्न उप(महानगरपालिकाले विभिन्न वडाहरूमा कृत्रिम जलाशय पोखरी निर्माण गरेको छ । ती जलाशयहरु पानी सिचाई, गाई वस्तुलाई खुवाउने पानीको पूर्ति मात्र नभई पछिल्लो अवस्थामा आयआर्जनको स्रोत समेत बन्न थालेकाछन् । तत्कालिन समयमा नगरपालिकासँग पोखरी निर्माणको माग स्थानीयले राखे र नगरपालिकाले रकम पनि दियो । उक्त रकम र स्थानीयको श्रमदानबाट वस्तुभाउलाई पानी खुवाउनका लागि भनेर पोखरी निर्माण गरियो र त्यहाँ आकाशे पानी जम्मा गरी तरकारी खेतीका लागि पनि प्रयोग गरिन थालियो

पोखरीमा जम्मा गरेको पानी सिचाईका लागि पनि प्रयोग गरिदै आएको स्थानीय बोदीप्रसाद पुनले वताउनु भयो । तत्काल नगरपालिकाले छ वटा जलाशय निर्माण गरेको र स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि गत आर्थिक वर्षमा थप छ वटा जलाशय निर्माण गरेको उपमहानगरपालिकाले जानकारी दिएको छ । त्यसैगरी वडा नंं.१८ को साल घारीमा पनि जलाशय निर्माण गरिएको छ । जलायश निर्माण पछि ट्युबेल र कुवामा सधैं पानी आइरहेको स्थानीयहरू वताउँछन् । त्यस्तै,कटाहीमा रहेको जलाशयले पनि खेतीका लागि सिँचाईमा टेवा पु¥याइरहेको स्थानीय रामप्रसाद चौधरीले बताउनु भयो ।

जलाशयबाट ४० विघा जग्गामा सिँचाई पुगेको उहाँको भनाई छ । उपमहानगर भित्र रहेका कृत्रिम जलाशयबाट स्थानीयहरूले माछापालन गरी आम्दानी गरेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी वताउनु हुन्छ । उपमहानगरले गरेका अरु विकासे काम भन्दा हिउँदको समयमा खडे्री पर्ने गाउँमा जलाशय निर्माण गर्दा स्थानीयले फाइदा लिएको प्रमुख चौधरीले बताउनु भयो ।

वर्षामा परेको पानी संकलन गरी नागरिकको आयआर्जनमा सहयोग पु¥याउन जलाशयको निर्माणलाई प्राथमिता दिएको उपमहानगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार उपमहानगरपालिकाले वडा नं. १७ को ढिकपुर र गुलरिया वडा नं. १६ को गँगटे र ज्यामिरेमा कृत्रिम जलाशय निर्माणको गरेको छ । यस्तै,वडा नं.१८ को गिठेपानी, वडा नं.१२ को सिस्नेरीमा समेत नयाँ कृत्रिम जलाशय निर्माण गरिएको छ । वडा नं. १७ गुलरिया, १६ को गंगटे वडा नं. १८ को सल्लाघारी, डबरी लगायतका स्थानमा रहेको कृत्रिम जलाशयलाई मर्मतगरी सिँचाइमा प्रयोग गर्ने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले चालू आर्थिक वर्षमा करिब २ करोड रुपैयाँ कृत्रिम जलाशय निर्माण तथा मर्मत लागि विनियोजन गरेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *