दाङ २४ साउन ÷ नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर र प्रेस चौतारीले संयुतm रुपमा दोस्रो लोककुमारी स्मृति दिवस मनाएकाछन् । सो अवसरमा लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार पुरस्कृत एवं सम्मानित भएकाछन् । सम्मानित हुने पत्रकारहरुमा पत्रकार महासंघ दाङ शाखाका सह–सचिव गोर्कण पौडेल र राप्ती समाचार दैनिक पत्रिकामा कार्यरत पत्रकार दिपक वोहरा रहनु भएको छ ।
लोककुमारीको स्मृति दिवसको अवसरमा बोल्ने वक्ताहरुले समाज परिवर्तनका पक्षमा लोककुमारी जस्ता आमाहरुको भूमिका कुनै न कुनै रुपमा महत्वपूर्ण रहेको धारणा राखेका थिए । गरिवी,शोषण र उत्पीडनका बिरुद्ध लाग्न आफ्ना सन्तानहरुलाई सधै प्रेरित गर्ने लोककुमारी जस्ता न्याय, समानताका पक्षमा उभिने आमाहरुको योगदान उच्च रहेको वताएका थिए ।
स्मृति दिवसका अवसरमा बोल्दै प्रेस स्वतन्त्र सेनानी एवं पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुशील गौतमले आमा लोककुमारी रिजालले हरेक दुःखको सामना गर्दै न्यायको पक्षमा लड्दै आएको वताउनु भएको थियो । प्रमुख अथिति समेत रहनु भएका गौतमले समाजको पछिल्लो प्रवृति भ्रष्टीकरण तर्फ उन्मुख भएको भन्दै कलमका माध्यमबाट त्यो प्रवृतिको विरोध गर्नुपर्ने वताउनु भयो । सो अवसरमा बोल्दै पत्रकार महासंघका निर्वमान केन्द्रीय सदस्य एवं लोककुमारी रिजालका कान्छा छोरा अजयदीप शर्माले आमाले समाज परिर्वतनको बाटोमा लाग्न सधै प्रेरित गर्दै आएको बताउनु भयो । सन्तानका लागि आमाहरुले हजार दुःखसँग सामना गर्ने धर्यता राख्ने कुरा वताउनु भएको थियो । प्रेस चौतारी दाङका अध्यक्ष जे.एन.सागरको स्वागत मन्व्यबाट शुरु भएको कार्यक्रममा पुरस्कार संस्थापक सदस्य अर्जुन रिजाल, पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतम, दुर्गालाल केसी, प्रेस सेन्टरका केन्द्रीय सदस्य पुरन शर्मा, चौतारीका सल्लाहकार संगीत बस्याल लगाएतले बोल्नु भएको थियो ।
पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको अध्यक्षमा भएको कार्यक्रमको संचालन प्रेस सेन्टर दाङका कार्यवहाक अध्यक्ष प्रकाश चौधरीले गर्नु भएको थियो ।