सरकारी कार्यालय स्थानिय तहमा,सदरमुकामका कार्यालय सुनसान

  
  प्रकाशित मितिः आइतवार, साउन २७, २०७५       | 205 Views   ||

घोराही ÷मुलक नयाँ संरचनामा जानु अघि विकास माग्न जिल्लास्थित कार्यालयमा जाने गरिन्थ्यो । तर अब मुलुक नयाँ संरचनामा गएसँगै वडा र पालिकाबाटै सेवा दिन थालिएपछि सदरमुकाम भने सुनसान बन्दै जान थालेको छ । अधिकांश सेवाहरु स्थानीय तहबाटै दिन थालिएपछि सदरमुकाम घोराही सुनसान बन्न थालेको छ ।
जिल्लाका अधिकांश सरकारी कार्यालयहरु घोराहीमा रहेका थिए जसले गर्दा ‘कृषि, शिक्षा, स्वास्थ्य लगायतका कामका लागि घोराही जानुपर्ने बाध्यता थियो’ तुलसीपुर १२ का कलिराम विकले भने ‘तर अहिले सबै सेवा नगरपालिकाबाटै हुन्छ, त्यसैले घोराही जान पर्दैन ।’ विगतमा स्वास्थ्यको काम जिल्ला जनस्वास्थ्यबाट हुन्थ्यो तर अहिले सम्बन्धित स्थानिय तहमा स्वास्थ्य शाखाहरु गएपछि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसान भएको निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए । ‘नयाँ कार्यक्रम पनि केही छैन, अधिकार पनि केही छैन,सबै स्थानीय तहमा गइसक्यो’ उनले भने ।

जिल्लास्थित सरकारी कार्यालयहरु खारेज भइसकेको छन । तर केही प्राविधिक कारणले गर्दा अझै असोजसम्म पुरानैं ठाउँमा हुने भएकाछन्् । केही कार्यालयले भने आफनो सम्पति स्थानिय तहलाई बुझाई सकेकाछन भने केही कार्यालयहरु बुझाउने प्रक्रियामै छन् । दाङका १८ वटा सरकारी कार्यालयहरु औपचारिक रुपमा चैत २८ गते खारेज भइसकेका छन । तर प्राविधिक कारणले गर्दा ती सरकारी कार्यालयहरु अहिलेसम्म राखिएकाछन् ।

तत्कालिन डिभिजन प्रमुख विनोद पौडेका अनुसार सबै सम्पति स्थानीय तहमा हस्तान्तरण भइसकेको छ । ‘हामीले सबै सम्पति बुझाई सक्यौं’ उनले भने ‘अहिल म मालपोत कार्यालय घोराहीमा हाजिर छु ।’मालपोत कार्यालयले पनि सुनसान बन्दै गएको उनले बताए । मालपोत उठाउने काम स्थानीय तहमा गइसकेको र रजिष्टेशन,नामसारी लगायतका काम भने मालपोतले नै गर्दै आएको उनले वताए ।
जिल्ला विकास समितिको कार्यक्षेत्र समेत खुम्चिएर जिल्ला समन्वय समिति बनेर अनुगमन गर्न स्थानीय तहमा मात्र गर्ने तहमा झरेको तथा अन्य जनसम्पर्क बढी हुने सरकारी कार्यालय समेत स्थानीय तहमा गाभिन पुग्दा सदरमुकाम घोराहीको जनजीवन र व्यापारिक कारोवार समेत कम हुँदै गएको छ । जिल्ला सदरमुकाम घोराहीमा रहेका नापी, कृषि, वन,जनस्वास्थ्य, पशुसेवा, सहकारी, जिल्ला प्राविधिक कार्यालय, महिला तथा बालबालिका, शिक्षा, भूमिसुधार जस्ता कार्यालयहरु स्वतः स्थानीय तहमा गाभिन पुगेपछि सदरमुकाम घोराहीमा मानिस आवागमनको चहलपहल पातलिदै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *