खसीको टाउको देखाएर भेडा र बाख्रा बिक्री

  
  प्रकाशित मितिः बुधबार, भदौ ६, २०७५       | 159 Views   ||

जनक नेपाली, दाङ । घोराहीका माशु व्यापारीले ग्राहकलाई खसीको मासु भन्दै भेडा र बाख्राको माशु बेच्ने गरेको तथ्य फेलापरेको छ । व्यापारीले उपभोतmालाई ठगी गदैं खसीको मुल्यमा बाख्रा र भेडाको माशु विक्री गदै आएको स्थानीयले बताएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बजारमा सन्चालित सबै मासु व्यापारीले खसीको भन्दै भेडा र बाख्राको मासु बेच्ने गरेको उनीहरुको भनाई छ । खसीको मार्केटका लागि १० वटा मासु पसल संचालनमा रहेपनि सबै पसलले भेडा र बाख्राको मासु बेच्ने गरेको समाचार श्रोतले जनाएको छ । ्बाख्राको मासु बेच्ने छुट्टै पसल भएपनि ती व्यापारीले बोर्ड नराखेरै खुले आम उपभोक्तालाई ठगी गर्दै आएको उनीहरुको भनाई छ ।

सबै मासु व्यापारीले दिनमा १÷२ वटा खसी काट्ने र त्यसमा ५ देखि ७ वटा भेडा र बाख्राको मासु मिसाएर बेच्ने गरेको स्थानीय एक भाडा पसलेले बताए । मासु व्यापारीले खसी मासुको मुल्य प्रति किलो ६ सय, बाख्राको ४ सय पचास रुपैयाँ कायम गरेकाछन ती स्थानीय पसलेले भने ‘भेडाको मासु पनि बाख्राकै मुल्यमा विक्री वितरण गदै आएका छन’ । मासु व्यापारीले खुलेआम ठगी गर्दा पनि त्यस तर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीयहरु बताउँछन्  ।

मासु व्यापारीहरुले आफ्नो व्यक्तिगत फाइदाका लागि उपभोक्तालाई अखाद्य वस्तु विक्री गर्दै आएको उनीहरुको भनाई छ । घोराही उप–महानगररपालिका वडा नं.१४ अध्यक्ष शक्तिराम डाँगीले यसलाई नियन्त्रण गर्न आफूहरु निरन्तर लागेको वताउनु भयो । यसको नियमित अनुगमन गरेपनि व्यापारीले सर्वसाधारणसँग चर्काे मुल्य असुल्दै आएको वताउनु भयो ।

अखाद्य मासु बेच्नेलाई ५ हजार जरिवाना

जिल्ला पशु कार्यालय दाङले अखाद्य मासु बेच्ने व्यापारीलाई ५ हजार जरिवाना हुने प्रावधान रहेको बताएको छ । यसका साथै अखाद्य मासु विक्री गरेको भेटिए प्रमुख जिल्ला अधिकारीले तज,वीजका आधारमा हदै सम्मको कार्वाही गर्ने प्रावधान समेत रहेको पशुचिकित्सक डा.चन्द्रबहादुर राणाले जानकारी दिनुभयो । राणाका अनुसार मासु काट्नु भन्दा पहिले पशुको स्वास्थ्य परिक्षण गर्नुपर्ने, काटेको मासु २० देखि ३० डिग्री कम तापक्रम भित्र डिप फ्रिजमा राखेर विक्री गर्न पाईने कानुनी व्यवस्था रहेको बताउनु भयो ।

अनुगम गर्छाै मेयर –चौधरी

घोराही उपपमहानरपालिकाका मेयर नरुलाल चौधरीले यस बारेमा तत्काल अनुगमन गर्ने वताउनु भएको छ । अखाद्य मासुका कारण सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको भन्दै छिटै मासु पसलको अनुगमन गरिने वताउनु भयो । सर्वसाधारणबाट यस बारेमा व्यापक जनगुनासो आएको भन्दै तत्काल अनुगमन गरी सत्य,तथ्य फेला परे व्यवसायीलाई कार्वाही गर्ने मेयर चौधरीले वताउनु भयो ।

कारवाही गर्न तयार छु ः प्रजिअ

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले अखाद्य मासु वेच्ने व्यापारीलाई कारवाही गर्ने वताउनु भयो । बजार अनुगमनदेखि सम्पूर्ण अधिकार स्थानीय तहमा गएको बताउँदै प्रजिअ श्रेष्ठले नगरपालिकाले कार्वाही गर्ने अधिकार दिए तत्काल कार्वाही गर्ने वताउनु भयो । आफूले पनि यस बारेमा चासो दिएको भन्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पार्ने व्यापारीलाई मुद्धा समेत चलाउने उहाँले वताउनु भयो ।

बेचेका छैनौ ः मासु व्यवसायी

खसी व्यवसायीले आफूहरुले खसी भन्दै भेडा र बाख्रा नबेचेको दावी गरेकाछन् । भेडा र बाख्राको तोकिएको छुट्टा,छुटै पसलबाट मात्र बेच्ने गरेको खसी मासु व्यवसायी संघका अध्यक्ष असलम कुरेसीले बताए । असलमले भने एक दुई जना व्यापारीले यस्तो गरेपनि यसलाई रोक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *