दाङमा घोडाबाट मान्छेमा सर्ने रोग देखाप¥यो

  
  प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       | 213 Views   ||

दाङ । दाङमा ‘गलाइन्ड्स’ भन्ने नयाँ रोग देखापरेको छ । जिल्लामा पहिलो पटक यो रोग देखापरेको चिकित्सकहरुले बताएका छन । तुलसीपुर उप–महानगरपालिकामा संन्चालित एक इट्टा भट्टामा पालिएका खच्चरबाट उक्त रोग देखापरेको पशु चिकित्सक तथा पशु स्वास्थ्य परार्मश केन्द्रका रोशन कर्माचार्यले उतm जानकारी दिए । घोडा, खच्चरबाट मान्छेमा उक्त रोग सर्ने देखिएपछि त्यस वरपर उच्च सर्तकता अपनाइएको कर्माचायले बताए । वर्डप्ःलु जस्तै उच्च जोखिम मानिने यो रोग लागेका विरामीले समयमै उपचार नपाए १५ देखि २० दिन सम्ममा मृत्यु हुने उनले बताए ।

रोगका लक्षण

यो रोग लागेमा श्वास, प्रश्वासमा समस्या आउने, शरीरमा राता फोका अनि ज्वरो आउने, नाकबाट सिंगान बग्ने लक्षण देखा पर्ने गर्दछन् । दाङ, काठमाण्डौ र नेपालगंन्ज यस रोगको उच्च जोखिमा रहेको कर्माचार्यको उनको भनाई छ । घोडा र खच्चरबाट मान्छेमा यो रोग सर्ने गरेको बताउदै ईट्टा भट्टा र थारु बस्तीमा यसले छिटो आक्रमण गर्ने पशु स्वास्थ्य केन्द्रका कर्माचार्यले बताए । भारतबाट आउने घोडा र खच्चरमा उक्त रोग प्रायः देखापर्ने बताउँदै पशु कार्यालयले यसतर्फ ध्यान नदिदा सर्वसाधारणको अकालमै ज्यान गुमाउने अबस्था आएको उनले वताए । स्वास्थ्य परिक्षण विना भारतीय सिमा क्षेत्र हुँदै दाङ भित्रिने घोडा र खच्चरले जिल्लामा जोखिम बढाएको पशु चिकित्सक कमाचार्यको भनाई छ ।

परिक्षण गर्न काठमाण्डौ

रोग परिक्षणका लागि पशु स्वास्थ्य परिक्षण केन्द्र त्रिपुरेश्वरमा स्याम्पल पठाइएको छ । स्थानीय सर्वसाधारणको स्वास्थ्यलाई ध्यादमा राख्दै स्वास्थ्य परिक्षण गर्न काठमाण्डौ पठाएको कमार्चायले जानकारी दिए । गाउँमा महामारी रोग फैलन नदिन आफूहरु लागेको उनले वताए । काठमाण्डौमा पनि सजिलै यो रोगको परिक्षण नहुने देखिएपछि विदेश पठाउने तयारी भइरहेको पनि उनले बताए । रोग परिक्षणका लागि संक्रमित रगत पशु स्वास्थ्य परिक्षण केन्द्र त्रिपुरेश्वरमा राखिएको उनको भनाई छ ।

बच्ने उपाय

यो रोगबाट बच्नका लागि संक्रमति विरामी तथा घोडा, खच्चर रहेको स्थानबाट टाढै बस्ने, विरामीले प्रयोग गरेका रुमाल, विस्तरा लगायतका सामाग्री प्रयोग नगर्न समेत चिकित्सक कर्माचार्यको सुझाव छ । विरामी भएको तत्काल थाहा पाए नजिकको स्वास्थ्य केन्द्रमा गएर उपचार गर्न समेत उनले सुल्झाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *