नयाँ मुलुकी ऐनले गरेका व्यवस्थाहरु

  
  प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       | 242 Views   ||

२०१९ देखि लागू मुलुकी ऐनलाई विस्थापित गदै यहि भाद्र १ गते देखि नयाँ मुलुकी ऐन अन्र्तगत फौजदारी तथा देवानी संहिता कार्यान्वयनमा आएको छ । संसदले दुई बर्ष पहिले बनाएको कानुन अहिले कार्यान्वयनमा आएको छ । लोकतान्त्रिक शासन पद्धति अनुरुप कतिपय सामाजिक मूल्य र व्यवहारमा परिमार्जित हुँदै नयाँ समयानुकूल रहेको भनिएको उतm ऐन पारिवारिक सम्वन्धमा समेत आधारभूत परिवर्त नभएर आएको भनिएको छ । उतm ऐनका आधारभूत प्रावधानहरु हामीले यहाँ प्वाइन्टको रुपमा प्रस्तुत गरेका छौं । सम्पादक ः

जन्मकैद बारे ः
१.साविकको २० वर्षलाई बढाएर हाल २५ वर्ष गरिएको,
२.सर्वश्वहरण नहुने,
३.साविकमा बढी कैद सजाय हुने मुद्दामा हाल संहिताले कम कैदको व्यवस्था गरेकोमा संहिता बमोजिम कम कैद हुने,
४.साविकमा कम कैद सजाय हुने र हाल संहिताले बढी सजाय गरेको रहेछ भने साविक बमोजिम कम सजाय हुने,
५ सजायका प्रकार ः जन्मकैद, कैद, जरीबाना, कैद र जरीबाना, क्षतिपूर्ति, जरीबाना वा क्षतिपूर्ति नतिरे वापतको कैद र कैदको सट्टा सामुदायीक सेवाको व्यवस्था,
२. केही नयाँ अपराध र सजाय ः
१.मित्र राष्टू विरुद्ध युद्ध वा विद्रोह गर्न नहुने । गरेमा ७ वर्षसम्म कैंद र ७० हजार रुपैयाँ जरीवाना,
२.सैनिक वा प्रहरीलाई भड्काउन नहुने । भड्काएमा १० बर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरीवाना,
३. नेपालका विरुद्ध जासुसी गरेमा २५ बर्षसम्म कैद,
४. राष्ट्रपति उपरको आक्रमणमा जन्मकैद,राष्टूपति र संसद विरुद्धको धम्कीमा ७ बर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरीवाना,
५. पाँच जना भन्दा बढीको गैर कानुनी भेलामा हतियार विनाको भए ६ महिना सम्म कैद ५ हजार रुपैयासम्म जरीवाना,हतियार सहित भए १ बर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना,

ऐनमा उल्लेख अन्य पक्षहरु

१. झुठो जानकारी दिन नहुने र जानकारी दिन ईन्कार गर्न नपाइने,गरेमा १ वर्षसम्म कैंद वा १० हजार जरीवाना वा दुबै ।
२. झुठा उजुरी दिन नहुने, दिएको कसुर ठहरेमा हुने उपल्लो हदको सजायको आधासम्म सजाय
३. बदनियतपूर्वक अनुसन्धान गरेमा वा अभियोजन गरेमा ६ महिना सम्म कैद वा ५ हजार रुपैयाँसम्म जरीवाना वा दुबै,
४. जानी जानी संक्रामक रोग फैलाउन नहुने गरेमा १० बर्ष सम्म कैद वा १ लाख रुपैयाँसम्म जरीवाना वा दुबै,
५. खाद्य पदार्थमा मिसावट गर्न नहुने, झुक्यानमा पारी विक्री गर्न नहुने,गरेमा ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरीवाना,
६. झुक्यानमा पारी बिक्री गर्न नहुने,गरेमा ३ बर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरीवाना,
७. जम्माखोरी गर्न नहुने, गरेमा ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरीवाना
८. पानी दूषित गर्न नहुने गरेमा ३ बर्षसम्म कैद र ३० हजार रुपैयाँ सम्म जरीवाना,
९. पशुपंक्षी राख्दा लापरबाही गर्न नहुने,गरेमा १ बर्ष सम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना वा दुबै
१०. पशुपंक्षी छाडा छोडेमा ३ महिना सम्म कैद र ५ हजार रुपैयाँसम्म जरीवाना वा दुबै
११. वेश्यागमनको प्रचार गर्न नहुने सो कार्यका लागि घरस्थान दिन नहुने दिएमा ६ महिनासम्म कैद र हजार रुपैयाँसम्म जरिमाना वा दुबै
१२. अश्लिल सामाग्री प्रर्दशन गर्न नहुने, सार्वजानिक स्थानमा यौनाङ् देखाउन नहुने ६ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरीवाना वा दुबै
१३. यौन क्रियाकलाप गर्न नहुने,गरेमा १ बर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना वा दुबै
१४.जुवा खेल्न खेलाउन सटटाबाजी गर्न नहुने,गरेमा पहिलो पटक भए ३ महिना कैद वा ३० हजार रुपैया सम्म जरीवाना,

धार्मिक कार्यका बारेमा

१. धार्मिक स्थललाई क्षति पु¥याउन नहुने पु¥याएमा ३ बर्ष सम्म कैद र ३० हजार रुपैयाँसम्म जरीवाना,बिदेशीले सो कसुर गरेको भए ७ दिनभित्र देश निकाला,
२. धार्मिक भावनामा चोट पु¥याउन नहुने पु¥याएमा २ बर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरीवाना
३. धार्मिक कार्यमा बाधा पु¥याउन नहुने । पु¥याएमा १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरीवाना वा दुबै,
४. धर्म परिवर्तन गराउन नहुने गराएमा ५ बर्ष सम्म कैद र ५० हजार रुपैयाँसम्म जरीवाना, विदेशीलाई ७ दिनभित्र देश निकाला,
५. हिरासतमा यातना दिन नहुने,दिएमा अवस्था हेरी ५ बर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरीवाना वा दुबै,

विवाह सम्बन्धका बारेमाः
१. रजस्वला वा सुत्केरी अवस्थामा महिलालाई छाउपडीमा राख्न हुँदैन,राखेमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरीवाना वा दुबै,राष्टूसेवक कर्मचारीले यो कसुर गरेमा ३ महिनासम्म थप कैद सजाय हुने छ ।
२. विवाहका लागि केटा र केटीको उमेर २० बर्ष कायम गरिएको छ । उमेर पुगेका केटाकेटीको मन्जुरीमा मात्रै विवाह हुन सक्छ । मन्जुरी विना भएको विवाह वदर हुन्छ र गर्ने,गराउनेलाई २ बर्ष सम्म कैद र २० हजार रुपैयाँसम्म जरीवाना हुने छ ।
३. परम्परा अनुसार चलि आएको नातामा बाहेक हाड नातामा विवाह गर्न नहुने, थाह नपाई गरेको भएपनि बदर हुुने । गर्ने,गराउनेलाई हाड नाता सम्वन्धी कानून बमोजिम कैद सजाय हुने ।
४. विवाहमा लेनदेन गरेमा ३ बर्षसम्म कैद वा ३० हजार रुपैयाँ सम्म जरीवाना वा दुबै
५. विवाह गरि सकेपछि दाईजोको कारणले दुलहीका नातेदारलाई दुःख दिने हैरान पार्ने वा सताउनेलाई ५ बर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरीवाना वा दुबै,
६. वाल विवाह गर्न नहुने । गर्ने,गराउनेलाई ३ बर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्म जरीवाना,
७. बहु विवाह गर्न नहुने । गरेमा १ बर्षदेखि ५ बर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरीवाना हुने छ । त्यस्तो विवाह स्वतः बदर हुने छ । ३ महिनाभित्र उजुरी गरि सक्नुपर्छ ।

८. गर्भपतन गराउन नहुने, गरेमा
क) १२ हप्ता सम्मको गर्भ भए १ बर्ष सम्म कैद र १० हजार रुपैयाँ सम्म जरीबाना,
ख) १२ हप्ता देखी २५ हप्ता सम्मको भए ३ बर्ष सम्म कैद र ३० हजार रुपैयाँसम्म जरीवाना
ग) २५ हप्ता भन्दा बढीको भए ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्म जरीबाना,
घ) १२ हप्ता सम्मको गर्भ गर्भबती महिलाको मन्जुरीले, महिलाको स्वास्थयमा प्रतिकुल अवस्था छ भनि चिकित्सकले राय दिएको अवस्था,हाड नाता करणी र जर्वजस्ती करणीबाट रहन गएको गर्भ र संक्रमित रोग भएको अवस्थामा गरिएको गर्भपतनमा सजाय भागी हुनु पर्दैन् ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *