विश्वविद्यालय दाङमा, कार्यालय काठमाण्डौंमा

  
  प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       | 219 Views   ||

भुपेन्द्र वली दाङ ÷ सरकारले सम्पर्क कार्यालयहरु खारेज गर्ने निर्णय गरेपनि दाङमा केन्द्रिय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगतका कार्यालयहरु काठमाण्डौमा कायमै रहेकाछन् । विश्व विद्यालयका प्रशासनिक कामकाज दाङबाट भएतापनि अध्ययन अनुसन्धानसँग सम्वन्धित कामकाजका लागि काठमाण्डौं पुग्नुपर्दा विद्यार्थीले सास्ती व्यहोर्नु परेको छ ।
जेठ १० गते बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले काठमाण्डौमा रहेका उपत्यका बाहिरका विश्वविद्यालयका सम्पर्क कार्यालयहरु खारेज गर्ने निर्णय गरेको थियो । मन्त्री गिरिराजमणि पोखरेलले ऐनमा सम्पर्क कार्यालय बारे कुनै व्यवस्था नभएको भन्दै आर्थिक मित व्ययता कायम गर्नका लागि तत्काल सम्पर्क कार्यालयहरु हटाउन निर्देशन समेत दिएका थिए । यस्तै शिक्षा मन्त्रालयले दिएको निर्देशन नटेरेपछि प्रधानमन्त्रीको कार्यालयले पुनः साउन २२ गते विश्वविद्यालयलाई काठमाण्डौमा भएका कार्यालय तत्काल सार्न निर्देशन दिएको थियो । तर सरकारले निर्णय गरेको ३ महिना बित्न लाग्दा पनि संस्कृत विश्वविद्यालयल तीन वटा कार्यालयहरु काठमाण्डौ बाटनै सञ्चाालन गर्दै आएकाछन् ।यि हुन राजधानीमा भएका कार्यालय
नेसवि अन्तर्गतका अन्तराष्टिूय सम्बन्ध महाशाखा,राष्टिूय साँस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्र काठमाण्डौ बाटनै सञ्चालन भइरहेकाछन् । विश्वविद्यालयका शिक्षाअध्यक्ष रमेश ढकालका अनुसार अन्र्तराष्टिूय सम्बन्ध महाशाखाले देश बाहिरका विश्वविद्यालयहरुसँग सम्वन्ध स्थापित गर्ने काम गर्दछ  । यस्तै अनुसन्धान केन्द्रबाट पिएचडी गर्नका लागि अध्ययन अनुसन्धानका काम हुने गर्दछ भने साँस्कृतिक शाखाबाट देशका विविध सँस्कृतिक पक्षको बारे अध्ययन अनुसन्धानको काम हुँदै आएको छ ।

उपकुलपतिले मानेनन् ः शिक्षाध्यक्ष ढकाल

शिक्षा अध्यक्ष रमेश ढकालले विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाका कारण यी कार्यालयहरु काठमाण्डौबाट सञ्चालनमा आइरहेको दावी गरेकाछन् । सरकारी निर्देशन अगाडीनै विश्वविद्यालयका अन्य पदाधिकारीले काठमाण्डौमा भएका कार्यालय दाङमा सार्ने तयारी गरे पनि उपकुलपतिले नमान्दा सार्न नसकिएको वताए । यद्यपि यी कार्यालयहरु जति सक्दो चाँडो दाङ सार्ने तयारीमा आफूहरु लागेको शिक्षाअध्यक्ष ढकालले बताए ।

दाङका भवन खाली, राजधानीमा भाडा

दाङमा रहेका भवनका कोठा रित्तै रहेको अवस्थामा काठमाडौमा यी कार्यालयहरु मासिक करिव १ लाख भाडा तिरेर सञ्चालन भइरहेकाछन् । विश्वविद्यालयका पदाधिकारीहरुको स्वार्थका लागि विश्वविद्यालयका महत्वपूर्ण शाखाहरु राजधानीस्थित सम्पर्क कार्यालयबाटै सञ्चालन भइरहेका छन् । स्रोतका अनुसार काठमाडौंमा सम्पर्क कार्यालय खोली हाजिर मात्र गरेर कर्मचारी काजमा बस्दै आएका छन् । कार्यालयका कर्मचारी र भवनका लागि विश्वविद्यालयले लाखौं रकमको अतिरिक्त व्ययभार व्यहोर्दै आएको छ ।

विद्यार्थी संगठनको ध्यानाकर्षण

विश्विद्यालयमा क्रियाशिल विद्यार्थी संगठनहरुले पनि उपत्यकामा भएका कार्यालय सार्न पटकपटक ध्यानाकर्षण गराउदा पनि विश्विद्यालयले अटेरी गरिरहेको बताएका छन। सरकारको निर्देशन अनुरुप तत्काल सम्पर्क कार्यालय दाङ सार्न भन्दै अनेरास्ववियू,अखिल क्रान्तिकारी, विप्लव निकट अखिल क्रान्तिकारी, नेविसंघले संयुक्त रुपमा विश्व विद्यालयका पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन । यस अघि नै यी कार्यालयहरु दाङ सार्नुपर्ने माग राखि ज्ञापनपत्र बुझाइएको र त्यसको कार्यान्वयनका लागि विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गराएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सन्तोष पोख्रेलले बताए । त्यस्तै विश्वविद्यालय रहेको तुलसीपुर उपमहानगरपालिका १८ का वडाध्यक्ष माधव वलीले पनि अनुसन्धान तथा राष्टिूय साँस्कृतिक अध्ययन केन्द्र तत्काल दाङ सानुपर्ने माग गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *