जहाँ लाग्छ बिहेको हाटबजार

  
  प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       | 117 Views   ||

खाद्यान्न तथा उपभोग्य वस्तु किनबेच गर्नका लागि हाटबजार लाग्नु स्वाभाविकै हो । तर चीनमा भने बिहे गर्नका लागि हाटबजार लाग्ने गर्दछ । सांघाइको पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो विहे हाटबजार लाग्दै आएको छ । त्यो बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात जोडी उपलब्ध हुन्छ ।
सन् २००५ देखि यो हाटबजार लाग्दै आएको छ । हरेक शनिबार उक्त बजार लाग्ने गर्छ ।

चाहे जाडो होस वा गर्मी या झरी जुनसुकै वेला पनि बिहेको हाटबजार लागेकै हुन्छ । बिहेको हाटबजार ठ्याक्कै कसले शुरु गर्यो भन्ने बारेमा एउटा रोचक तथ्य छ । स्थानीय मानिसहरुले मर्निङ वाकमा गर्ने कुराकानीकै क्रममा हाटबजार शुरु भएको हो ।
स्मरणरहोस् पहिले पिपुल्स पार्कमा बिहान मर्निङ वाक गर्ने मानिसको भीड हुन्थ्यो । मर्निङ वाक गर्न आएका अभिभावकहरु एक अर्कामा चिनजान गरीसँगै बसेर घरपरिवारको कुरा गर्थे र आफ्ना बिहे गर्ने उमेर पुगेका छोराछोरीको बारेमा चर्चा गर्थे । विस्तारै मानिसले यो पार्कलाई बिहेवारीको कुरा गर्ने अनौपचारिक ठाउँको रुपमा प्रयोग गर्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *