डाक्टरविहिन बन्दै राप्ती उपक्षेत्रिय अस्पताल

  
  प्रकाशित मितिः मङ्लबार, भदौ १२, २०७५       | 225 Views   ||

दाङ । राप्ती उपक्षेत्रीय अस्ताल घोराही को अनुगमन गरिएको छ । अनुगमनका क्रममा अस्पतालमा डाक्टर नहुदा सेवाग्राही अलपत्र परेका थिए । अनुगमनका क्रममा उपक्षेत्रीय अस्पतालको स्वास्थ्य सेवा दिनप्रतिदिन खस्दै गएको वताएका थिए । विशेषज्ञ डाक्टहरु नहुदा जटिल खालको विरामीलाई औषधी उपचार गर्न समस्या भएको सेवाग्राहीले वताएका थिए ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको नेतृत्वमा गएको अनुगमन टोलीले अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनमा अस्पतालमा बिशेषज्ञ डाक्टहरु कार्यकक्षमा नभेटिएको,अस्पतालका वार्डहरु खाली अबस्थामा भेटिएका थिए । अस्पतालमा फोहोर व्यवस्था सहि रुपमा हुन नसकेको,जथावाभी रुपमा पार्किङ गरिएको पाइएको नागरिक समाज दाङका संयोजक पन्तले जानकारी दिनुभयो । ‘अनुगमनका क्रममा अस्पतालको अवस्था अत्यन्त कमजोर देखियो,विरामीहरुले सहज रुपमा उपचारसमेत पाउन सकेका छैननु,संयोजक पन्तले भन्नुभयो ।

सरोकावालासँगको भेटमा राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेसु डा. जनार्दन पन्थीले अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि आफु लागिरहेको बताउनुभयो । डाक्टर पन्थिले उपक्षेत्रीय अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि सवैको सहयोग आवश्यक रहेको समेत बताए । मेसु पन्थीले अस्पतालमा १ सय २१ जनाको दरवन्दी रहेपनि अहिले ७९ जना मात्र कार्यरत रहेको जानकारी दिए । अनुगमनमा वडा नं.१४ का वडाअध्यक्ष शक्तिराम डागी, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, मानवअधिकार सञ्जाल दाङका संयोजक केशव शर्मा,मानवअधिकारकर्मीहरु श्रीमण न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *