यज्ञमा १ हजार ८ कन्याको पुजा गरिदैं

  
  प्रकाशित मितिः मङ्लबार, भदौ १२, २०७५       | 156 Views   ||

घोराही, असोज १ गते देखि घोराहीमा संन्चालन हुन लागेको महायज्ञमा १ हजार ८ कन्याको पूजा गरिने भएको छ । घोराही क्षेत्रका विद्यालयहरुसँग समन्वय गरेर १ हजार ८ कन्याहरुलाई असोज ४ ओम आकारमा राखेर पूजा गरिने आयोजक पक्षले जानकारी गराएको छ । बौद्धिक अपांगता भएका व्यक्तिहरुको आवासका लागि सहयोगार्थ संन्चालन गरिन लागेको महायज्ञ सिद्धिविनायक सत्संग सेवा समिति दाङको आयोजना रहेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीमा निर्माण भइरहेको अपांगता आवासका लागि सहयोग जुटाउन महायज्ञको आयोजना गरिन लागेको मुल आयोजक समितिकी सहसंयोजक सुशीला पौडेलले जानकारी दिनुभयो । १ सय ८ भागवत संकल्प कर्ता डिला पाण्डेका अनुसार दाङमा हुने महायज्ञको मुख्य कथा वाचक राष्ट्रिय ख्याति प्राप्त बिद्धान वालव्यास पण्डित कोमल उपाध्याय गर्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *