धर्तीतर्फ झुन्डिएर घुमिरहने संसारको सबैभन्दा अग्लो भवन आकाशमा

  
  प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५       | 291 Views   ||

अहिलेसम्म विभिन्न प्रकारको सुविधा सम्पन्न गगनचुम्बी भवन त देखिएकै हो तर यस्तो बिल्डिङ जहाँ धर्तीमा नभई पृथ्वीको चक्कर लगाइरहेको पुच्छ्रेतारासँग जोडिएको छ र पृथ्वीतर्फ झुण्डिरहेको छ । यो अचम्ममा पार्ने भवन धर्ती भन्दा ५० हजार किलोमिटर माथि रहेको पुच्छ्रे तारामा निकै बलिया केबलको सहारामा अडिने छ । यो भवन दुवईमा बन्ने तयारीमा रहेको छ ।

संसारको सबैभन्दा अग्लो बिल्डिङ ठानिएको यो ‘एनलेमा टावर’। पुच्छ्रेताराको ‘अर्बिटल पाथ’अनुसार यो टावर न्यूयोर्क र हवाना सहित थुप्रै शहर माथिबाट यात्रा गर्ने छ । यो अचम्म भवनको डिजाइन क्लाउड्स आर्किटेक्चर अफिसले तयार गरेको हो । यो त्यही कम्पनी हो जसले ‘हाउस अन मार्स’ र ‘क्लाउड सिटी’ को कन्सेप्ट पनि तयार गरेको थियो । कम्पनीले आकाशबाट धर्ती तर्फ बन्न लागेको यो टावरले गगनचुम्बी भवनहरुको पूरा अवधारणा नै परिवर्तन गरिदिने दाबी गरेको छ ।

कम्पनीको प्रोपोजल अनुसार यसलाई दुबईमा बनाउने सुझाव दिइएको छ किनभने अमेरिकाको तुलनामा यसलाई दुबईमा बनाइयो भने निकै कम खर्चमा यो सम्पन्न हुनेछ । एनलेमा टावरलाई विभिन्न खण्डमा तयार गरिने भएको छ । धर्तीको सबैभन्दा नजिकको खण्डमा मनोरञ्जन, सपिङ र रेष्टुरेन्टका लागि स्पेस दिइने छ भने त्यसको माथिल्लो खण्ड अफिसका लागि बनाइने छ । यसका साथै, बीचको भाग बगैंचा र घरका लागि छुट्याइएको छ । यो टावरमा पूजाको लागि पनि स्थान हुनेछ । सबैभन्दा माथिल्लो खण्डमा भने अन्त्येष्ठीको लागि खाली ठाउँ छुट्याइने छ । यो टावरको विजुली आपूर्ती अन्तरिक्षमा रहेको सोलार प्यानलबाट गरिने छ भने पानीका लागि वर्षा र बादलको सहारा लिइने छ । यो गगनचुम्बी भवन यति अग्लो हुनेछ कि यसको तल्लो भागको तुलनामा माथिल्लो भागमा हुने एक दिनमा ४५ मिनेट लामो हुनेछ ।
एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *