छोरी माथि बढ्दो असुरक्षा

  
  प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५       | 200 Views   ||

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याका दोषी पत्ता लगाई कार्वाही गर्ने मामलामा समयमै प्रशासनले सक्रियता देखाउन नसक्नु एउटा दुर्भाग्य हो । भने दोषी माथि कार्वाहीको माग राखि चर्किएको आन्दोलनमा प्रहरीको गोली प्रहारका कारण १७ वर्षीय सन्नी खुनाको मृत्यु हुनु अर्को विडम्बना हो । कन्चनपुरको पछिल्लो घटनाले सडकदेखि सदनसम्मलाई त ततायो । तर पनि वालिका हत्या श्रृंखला रोकिन सकेन । त्यहि प्रकृतिको घटना पोखराकी वालिका पुष्पा केसी माथि दोहोरियो । उनी पनि सुरक्षित हुन सकिनन् । दोषीलाई कार्वाही गरी पिडितलाई न्याय दिलाउने प्रमुख कुरा त छदंै छ । यहाँ त न्याय दिलाउने निकाय नै शंकाको घेरामा तानिने अवस्था भए कहाँबाट पाउनु पीडितले न्याय ? कन्चनपुर घटनाले त्यहि देखाएको छ । र झन पछि झन असुरक्षा र संन्त्रासको वातावरण श्रृजना भएको छ ।
वालिका वलात्कार र हत्याका घटना झनपछि झन बढ्दै गएको पछिल्ला तथ्याङ्कहरुले देखाएको छ ।संक्रमणकालको अन्त्यसँगै बलियो सरकार बनिसकेपछि पनि यी श्रृंखला नरोकिनुले सुरक्षा चुनौतीे झन संवेदनसिल बन्न पुगेको देखिन्छ । बलात्कार जस्तो जघन्य अपराधसँगै हत्या समेत गरिन्छ र अनुसन्धान कर्ता माथि नै प्रश्न चिह्न खडा हुन पुग्छ भने आम नागरिकको सुरक्षा कहाँ छ ? कहाँ छ जनताका लागि गणतन्त्र ? प्रश्नहरु गम्भिर ढंगले उठेकाछन् । यस्ता कुरामा स्थानीय देखि केन्द्रसम्मको सरकार संवेदनसिल नहुनुनै सबैभन्दा दुःखद पक्ष हो । कयौं घटनाहरुमा अपराधी नसमातिनु र पिडित न्यायबाट बन्चित भइराख्नु गणतन्त्रको अर्को अपहासपूर्ण पक्ष हो । अपराध घटि राख्ने र दोषी उम्किराख्ने हो भने जति सुकै कडा कानुन बने पनि अपराध घटदैनन् । मुख्य कुरा सरकार जनताको हरेक कुरा प्रति जवाफदेही, जिम्मेवार र अविभावक बन्न जरुरी छ । अपराध गर्ने दोषीलाई कानुनी दायराभित्र ल्याउने र पीडितलाई न्याय दिई समाजमा पुर्नस्थापना गराउने दायित्व पनि सरकारकै रहन्छ । बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने कानुन ल्याउनुपर्ने कुराको बहस पनि यतिवेला चलिरहेको छ । कडा कानुन मात्रले अपराध रोकिने होइन बरु कानुनको यथोचित पालना गरिए मात्र पनि अपराध नियन्त्रण हुन पुग्छ । यसमा प्रहरी, प्रशासनको गम्भिरता र कानुनपालनाको दायित्वलाई हर हालतमा शिरोधार्र्य गर्नुपर्ने देखिन्छ ।
किशोरी,बालबालिका र महिलाको सुरक्षामा विशेष संवेदनशीलता अपनाउन नीतिगत निर्णय मात्र काफी छैनन् । जनचेतनासँगै अपराधमा संलग्न माथि शून्य सहनशीलता र कुनै पनि हालतमा माफी नहुने कठोर सजायको व्यवस्था भए मात्र निर्मला जस्ता अवोध बालिका माथि न्याय हुनेछ । महिलाहरूले सुरक्षित महशुस गरेर हिँड्न सक्ने वातावरण बनाउन उनीहरूको सुरक्षाका लागि राज्यबाट कुनै कसर बाँकी राखिनु हुन्न । दण्डहिनताको अन्त्य गर्न र विधीको शासनको पालन गर्न सके अपराधको क्रम घट्दै जानेछ । अपराधलाई घटाउन कडा कानुनी प्रकृया त एउटा पाटो छ । त्यो भन्दा पहिले सभ्य,सुसंस्कृत र असल सामाजिक चेतनाको निर्माणको पक्षमा पनि सरकारले योजना सहितको लगानी बढाउनुपर्ने खाँचो छ । उपभोतmावाद र छाडापूँजीवादको बढ्दो प्रभावलाई न्युनीकारण गर्न घर,परिवारभित्र बाटै असल बाटोमा हिड्न वालवालिकालाई अनुशासन र नैतिक शिक्षाको व्यवहारिक पाठ,पढाउने जिम्मेवारी बुबा,आमाले नै बोक्नुपर्ने आवश्यकताको खाँचो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *