नयाँ ऐनले प्रेसलाई संकुचित बनाउने खतरा

  
  प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५       | 119 Views   ||

घोराही । भाद्र १ गतेदेखि लागू गरिएको फौजदारी र देवानी संहितामा राखिएका कतिपय प्रावधानले प्रेस माथि अंकुश लगाउन खोजेको भन्दै सरोकारवाला व्यतिmहरुले ऐन संशोधनका लागि दवाव दिनुपर्नेे आवश्यकता माथि जोड दिएकाछन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले मंगलवार घोराहीमा गरेको नयाँ ऐन र संन्चार विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले उतm कुरामा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अथिति नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले नयाँ कानुनले प्रेसलाई संकुचनमा पारेर राज्य पश्चगमनतिर हिडेको बताउनु भयो । अहिलेको कानुन अनुसार संन्चारकर्मीले समाचार संकलनका लागि ७ वटा शर्तको पालना गर्नुपर्ने बाध्यता रहने भन्दै पोख्रेलले यो संहिताका केही बुँदाहरुको संशोधन नगरिए त्यसको दुरुपयोग हुने खतरा धेरै रहेको वताउनु भयो । कानुन नियन्त्रणमुखी नभई जनमुखी हुनुपर्ने भन्दै प्रमुख अथिति पोख्रेलले नागरिक तहबाट स्वाभाविक र राम्रो जस्तो देखाउन खोजिए पनि प्रेसलाई संकुचित बनाउने किसिमले आएको ऐनले अन्ततः नागरिक स्वतन्त्रता माथिनै अंकुश लगाउने बताउनु भयो । कार्यक्रममा नागरिक तहबाट सहभागी विभिन्न व्यतिmत्वहरुले घुमाएर प्रेस माथि अंकुश लाग्ने गरी आएको ऐनले मुलुकलाई सही दिशा तर्फ लैजान नसक्ने धारणा व्यतm गरेका थिए । प्रेस माथि बन्देज लगाउने ऐनका कतिपय प्रावधानहरु संशोधनका लागि पत्रकार महासंघले थालेको दबाबमुलक कार्यक्रममा आफनो पनि ऐक्यवद्धता रहेको ती नागरिक र सामाजिक संघ,संस्थाका व्यतिmत्वहरुले वताएका थिए ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्दराज पन्त, उद्योग वाणिज्य संघका उपाध्यक्ष बसन्त जोशी, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोतम खनाल, प्रेस स्वतन्त्र सेनानी सुशील गौतम, पत्रकार महासंघका दाङका पूर्व अध्यक्ष केवी मशाल लगायतका व्यतिmहरुले बोल्नु भएको थियो । ऐनमा प्रेस माथि लाग्ने बन्देजका प्रावधानहरुका विषयमा बुँदागत रुपमा पत्रकार महासंघका पूर्व अध्यक्ष सुदिप गौतमले प्रष्ट पार्नु भएको थियो । महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षमा भएको कार्यक्रमको संन्चालन सचिव भूपेन्द्र वलीले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष्

Leave a Reply

Your email address will not be published. Required fields are marked *