शहरको बसाई जोखिम बन्दै ः घोराहीमा बर्षेनी ५ हजार भित्रिन्छन

  
  प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५       | 506 Views   ||

जनक नेपाली
घोराही । शहरको रुपमा विकसित हुँदै गएको घोराहीमा बाहिरबाट बसाईसराई गरी आउने संख्यामा तिव्रतर गतिमा बढोउत्तरी भइरहेको छ । बजारमा शिक्षा, स्वास्थ्य, रोजगारको अवसरका लागि बसाईसराई गरी आउनेको संख्यामा बढोतरी हुँदै गएको हो । दाङको भुबनावट अन्य जिल्लाको तुलनामा उपयुक्त रहेकाले पनि घोराही बजार क्षेत्रभित्र बसाईसराई गरेर आउनेको संख्या बृद्धि भएको हो । घोराही क्षेत्रमा बर्षेनी ५ हजारका दरले बासिन्दा थपिदै गएको एक तथ्याङ्कले देखएको छ ।

अहिले अव्यवस्थित बसोबासका कारण घोराहीमा समस्या बढ्दै गएको भूगोलविद् धरनीधर शर्मा बताउनु हुन्छ । बसाईसराईको दर उच्च भएपछि खानेपानी, शिक्षा,स्वास्थ्य रोजागार र आवास क्षेत्रको अभाव हुँदै गएको शर्माको भनाई छ । खेति योग्य जमिन आवास क्षेत्रका रुपमा प्रयोग गर्दा उत्पादनमा समेत कमी हँुदै आएको शर्माले बताउनु भयो । सरकारले भु–उपयोग नीति लागू नगर्दा समस्या भएको भन्दै भूगोलविद शर्माले भन्नुभयो– ‘सरकारले आवास,कृषि प्राकृतिक श्रोत,साधनका क्षेत्रको छुट्टाउट्टै व्यवस्थापन गर्नुपर्छ’ । बजार क्षेत्रको जनसंख्या उच्च भएका कारण बजारको बसाई निकै जोखिम रहेको पनि शर्माले वताउनु भयो । सरकारले एकीकृत वस्ती विकासको कार्यक्रम नल्याउदा सर्वसाधारणले आफ्नो तरिकाले आवास तथा भवन निर्माण गर्दा जोखिम बढेको शर्माको भनाई छ ।

उपमहानगरपालिका आर्थिक बर्ष २०७३÷०७४ मा पाँच हजारले बसाइसरी आएको पञ्जिरण शाखाका टोपेन्द्र खड्काले जानकारी दिनुभयो । घोराहीमा दैनिक १०÷११ परिवारे बसाईसरी आउने गरेको खड्को भनाई छ । घोराही उपमानगरपालिका मेयर नरुलाल चौधरीले घोराहीलाई व्यवस्थित शहरका रुपमा विकास गरिन थालेको बताउनु हुन्छ । व्यवस्थित शहरका रुपमा विकास गर्न आवास क्षेत्र, कृषि र औद्योगिक क्षेत्रको पहिचान गरी काम अघि बढाइएकोे समेत मेयर चौधरीले बताउनु भयो ।
घोराहीको हिजाको इतिहास केलाउँदा १९६२ सम्म यहाँ भोटबाटै नुन, तेल लगायतका दैनिक उपभोग्य बस्तु ल्याउनु पर्ने अवस्था थियो । कोइलावास र घोराहीलाई सडक सन्जालले जोडेपछि मात्र यहाँको बजारको विकासको क्रम शुरु भएको पत्रकार सुदीप गौतमले वताउनु हुन्छ । घोराहीमा रोल्पा,दाङ,सल्यान, प्युठान, अर्घाखाँची, गल्मी,पाल्पाबाट बसाईसराई गरी आउनेको संख्या बढिरहेको भूगोलविद् धरणीधर शर्मालेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *