प्राविधिक शिक्षामा आर्कषण बढ्दो, जिल्लाका २० सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा संन्चालन

  
  प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५       | 195 Views   ||

घोराही ÷ दाङमा पछिल्लो समय प्राविधिक शिक्षाको लागि हव बन्दै गएको छ । शिक्षा विभाग अन्तर्गत बाली,वन तथा पशुविज्ञान, कम्प्यूटर र इले क्टिकल बिषयहरु जिल्लाका २० वटा सामुदायिक विद्यालयमा सञ्चालन हुने  भएको  छ  । जसमा शिक्षा विभाग अन्तर्गत ७ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन भइसके को  छ भने  प्राविधिक तथा व्यावसायिक तालिम परिषद्ले  जिल्लाका ३ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्दै  आइरहे को  छ ।
परम्परागत पठनपाठन गराउदै आएका जिल्लाका सरकारी विद्यालयमा पनि प्राविधिक शिक्षा पढाई हुने भएपछि विद्यार्थीको आकर्षण बढ्दो छ । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ । बढ्दो  शै क्षिक बे रो जगारी न्यूनीकरण गर्दै  दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी स् वरो जगार मूलक शै क्षिक विकास गर्ने  उद्दे श्यले  प्राविधिक शिक्षालय स्थापनामा जोड दिईएको शिक्षा विकास तथा समन्वय इकाई समिति दाङका प्रमुख सूर्यराज घिमिरे ले  बताएकाछन् ।

घोराहीको पद्मोदय पब्लिक माध्यामिक विद्यालय भरतपुरले यस शैक्षिक सत्रदेखि अटो मोवाईल सम्बन्धी पढाई शुरु गर्दैछ । अटो मोवाईल जिल्लामा मात्र नभएर पश्चिम क्षेत्रमै पहिलो पटक सामुदायीक विद्यालयमा पढाई हुन थालेको विद्यालयका प्रधानाध्यापक कृष्णराज डिसीले वताए । परम्परागत शिक्षा भन्दा प्राविधिक शिक्षा तर्फ विद्यार्थीको आकर्षण देखिएपछि बिद्यालयले यसै शैक्षिक सत्र देखि अटो मोवाईल सम्बन्धी पढाउन थालेको प्रधानाध्यापक डिसी बताउँछन् । त्यस्तै घोराही उपमहानगरपालिका अन्तर्गत गोग्लीमा रहेको माध्यामिक विद्यालय डाडागाउँमा पनि गत बर्षदेखि सिभिल इन्जिनियरिङ पढाई हँदै आएको छ । सामूदायिक विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत विद्यालयले गत बर्षदेखि सिभिल इन्जिनियरिङ बढाउन थालेको विद्यालयका प्राचार्य शतिसकुमार आचार्यले बताए ।

यी विद्यालयमा प्राविधिक शिक्षा

पछिल्लो  समय निश्चित गन्तव्यनै  बने को  प्राविधिक शिक्षा तर्फ विद्यार्थीको  आकर्षण बढ्दै गएको शिक्षा विकास तथा समन्वय इकाई समिति दाङका प्रमुख सूर्यराज घिमिरे ले बताए   । उनका अनुसार सरस् वती मावि विद्यानगर गढवामा बालीविज्ञान, सर्वोदय मावि सिसहनियामा बाली विज्ञान, गो रक्ष रत्ननाथ मावि चौ घे रामा पशुविज्ञान, पद्मो दय पब्लिक मावि भरतपुर घो राहीमा कम्प्यूटर प्राविधिक, मावि तुलसीपुर से न्टरमा विद्युत इले क्टिकल, विपी मावि बयाले  शान्तिनगरमा बाली विज्ञान र जनकल्याण मावि सिमसुन्दरपुर शान्तिनगरमा बाली विज्ञान सम्बन्धि पठनपाठन भइरहेको छ  । सामुदायीक विद्यालयहरुमा प्राविधिक शिक्षा अध्यापनको  दर बढ्दै  जाँदा विद्यार्थीको  आकर्षण पनि बढ्दै  जान थाले को  प्रमुख घिमिरेले बताए  ।
यस्तै प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटि) ले  जिल्लाका १३ वटा सामुदायिक विद्यालयमा थप प्राविधिक शिक्षा सञ्चालन गरे को  छ ।मावि रभे mनामा सिभिल इञ्जिनियरिङ र सर्वे  इञ्जिनियरिङ, पद्मो दय पब्लिक नमूना माविमा विद्युत सव–ओ भरसियर र अटो  मो बाइल, मावि गो ग्लीमा सिभिल इञ्जिनियरिङ र बाली विज्ञान सिभिल यसबर्ष देखि पढाई हुने भएको छ ।
यस्तै सरस् वती मावि काठे को हल घो राहीमा सूचना प्रविधि,मावि दुधरासमा सिभिल इञ्जिनियरिङ, अमर मावि उरहरीमा पशु विज्ञान, गुरुजजुर मावि रक्षाचौ रमा बाली विज्ञान, मावि से न्टर तुलसीपुरमा सूचना प्रविधि, आदर्श मावि लालमटियामा सूचना प्रविधि, आदर्श मावि दे उपुरमा सिभिल इञ्जिनयरिङ, बाल जनता मावि वनगाउमा बाली विज्ञान र बाल विकास मावि पनि घो राही रहे को  छ ।

छिमेकी जिल्लाका विद्यार्थी पनि आँउदै

एक दशक अघिसम्म एसएलसी गर्ने वित्तिकै रोजगारमूलक र उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर वा काठमाण्डौ पुग्नुपर्ने बाध्यता थियो । तर हाल प्राविधिक शिक्षाको आधारभुत पठनपाठन जिल्लामै हुन थालेको घिमिरेले बताए । गरिखाने शिक्षाका रुपमा लिइने प्राविधिक शिक्षा आर्जनका लागि दाङसँगै सल्यान, रोल्पा, रुकुम, प्यठान, मुगु, जाजरकोट, बाँके,बर्दिया,कैलाली लगायतका जिल्लाबाट विद्यार्थीहरु दाङ आउँने गरेको उनले बताए । एक दशक अघि जिल्लामा लालमटियास्थित एउटा मात्र प्राविधिक शिक्षालय रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *