राप्ती उपक्षेत्रिय अस्पतालको अवस्था प्रगोगमा नआई स्टोरमा थन्किए मेसिन

  
  प्रकाशित मितिः बुधबार, भदौ २०, २०७५       | 188 Views   ||

जनक नेपाली, दाङ ÷
राप्ती उपक्षेत्रिय अस्पतालमा रहेका आई.सि.यू र एन.आई.सि.यू मेसिन दुई बर्ष देखि स्टोर रुममा थन्किदै आएकाछन् । स्वास्थ्य सेवा विभागबाट आएको झण्डै डेढ करोड मुल्य बराबरका मेसिन अलपत्र अवस्थामा रहेकाछन् । राप्ती उपक्षेत्रिय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बीचको विवादका कारण उतm सामाग्रीहरु अलपत्र अवस्थामा स्टोरमा थन्किएको बताइन्छ ।
स्टोर किपर गणेश दाहालका अनुसार ४५ लाख मुल्य बराबरको एन.आई.सि.यू मेशिन र ३० लाख मुल्य बराबरको भेन्टिलेटर आई.सि.यु,मनिटर,कम्युटर लगायतका सामग्री गरी डेढकरोड बराबरको सामग्री दुई बर्षदेखि प्रगोगमै नआएर स्टोरमा थन्किएकाछन् । यी सामाग्री प्रयोगमा नआउदा धुलाम्मे भएर बिग्रने अवस्थामा पुगेको स्टार किपर दाहाल बताउनु हुन्छ । आई.सि.यु को भेन्टिलेर दैनिक स्टोर कक्षमा चार्ज गर्नु बाहेक अरु कुनै काम नभएको पनि उहाँले बताउनु भयो । आई.सि.यु र एन.आई.सि.यु मेशिन जडानका लागि छुटै भवन निर्माण भएपनि अहिले सेवा सन्चालनमा आइरहेको छैन । अस्पताल र प्रतिष्ठानको विवाद कारण सेवा सन्चालनमा कसैले चासो नदिरहेको छैन ।
आई.सि.यू र एन.आई.सि.यू नहुँदा विरामीको मृत्यु

आई.सि.यु र एन.आई.सि.यु सेवा सन्चालन नहुँदा राप्ती उपक्षेत्रिय अस्पतालमा विरामीको मृत्यु हुने गरेको छ । यसकै अभाव देखाएर डाक्टरहरुले विरामीलाई अनेत्र रिफर गर्ने गर्दछन् । दुर्घटनामा परेका, सर्पदंश, निमोनिया,दम र कतिपय अवस्थामा अप्रेशनका विरामीको आई.सि.यू र एन.आई.सि.यूमा राखेर उपचार गर्ने सेवालाई संन्चालनमा नल्याइदा विरामीले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था रहेको अस्पतालमा कार्यरत एक डाक्टरले बताए ।
आई.सि.यु कक्षमा भान्छा

राप्ती उपक्षेत्रिय अस्पतालमा रहेको आई.सि.यु राख्ने भवन भान्छा कोठाका रुपमा प्रयोग हुँदै आएको छ । अस्पतालमा काम गर्न आएका ठेकेदारले उतm,कोठालाई भान्छाका रुपमा प्रयोग गर्दै आएकाछन् । विरामी राख्ने प्रत्येक वेड रुममा भान्छा र काम गर्ने मान्छे सुत्ने गरेको अस्पतालमा कार्यरत कर्मचारीनै बताउछन् । आई.सि.यु सेवा संचालन नहुँदा सम्म विरामी कुरुवा थलोको रुपमा उतm कोठाहरुलाई प्रयोगमा ल्याइनुपर्ने त्यहाँकानै कर्मचारीहरु बताउँछन्
आई.सि.यू कक्षमा वियर र रक्सीका बोत्तल

उपक्षेत्रिय अस्पतालको आई.सि.यु.रहने भनिएको कक्षमा वियर र रक्सीका बोत्तल भेटिएका छन् । अस्पताल आउने विरामी कुरुवा, कामगर्ने मजदुरले आई.सि.यु कक्षमा गएर रक्सी र वियर खाने गरेको र बोतल त्यही छोडेर जाने गरेको देखिन्छ । अस्पताल प्रशासनको लापरवाहीका कारण अस्पतालमै आएर सर्वसाधारणले रक्सी खाने गरेको अस्पतालकै कर्मचारी बताउँछन् । कतिपयले अस्पतालको फोहर पनि आई.सि.यु कक्षमा लगेर फाल्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले हामीलाई बताए ।

डाक्टर नहुँदा सेवा संचालनमा आएन

राप्ती उपक्षेत्रिय अस्पतालका प्रमुख डा.जनार्दन पन्थीले आई.सि.यु र एन.आई.सि.यु सेवा संचालन गर्न दक्ष जनशक्ति नहुँदा समस्या भएको वताउनु हुन्छ । अस्पताल र प्रतिष्ठानको विषयमा विवाद हुँदा काम अघि नबढेको कुरालाई अस्पताल प्रमुख पन्थीले पनि स्वीकार गर्नुहुन्छ । दरबन्दी अनुसार डाक्टर नहुँदा समस्या भएको प्रमुख पन्थीले जानकारी दिनुभयो । आई.सि.यु कक्षमा काम गर्ने मजदुरले रक्सी र वियर खाएर फोहर गर्ने गरेको बताउँदै त्यसलाई तत्काल हटाउने उहाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *