प्राविधिक शिक्षा तर्फ बढ्दो आर्कषण

  
  प्रकाशित मितिः बुधबार, भदौ २०, २०७५       | 258 Views   ||

पछिल्लो समय प्राविधिक शिक्षा तर्फ विद्यार्थीहरुको  आकर्षणता बढ्दै गएको छ । गरिखाने अथवा रोजगारमुलक शिक्षाका रुपमा लिइने यो शिक्षा तर्फ अविभावकको समेत ध्यान केन्द्रित हुन थालेको छ । अहिले प्राविधिक कलेज खुल्ने क्रमको तिव्रता मात्र होइन स्कूलमै प्राविधिक शिक्षाको अध्ययन हुन थालेको छ । यहि दाङको कुरा गर्ने हो भने सरकारी र सामुदायिक गरी २० भन्दा बढी स्कूलहरुमा प्राविधिक शिक्षाको पढाई हुने गरेको छ । प्राविधिक शिक्षाको पढाई हुने स्कूलहरुमा घोराहीको पद्मोदय पब्लिक माध्यामिक विद्यालयदेखि शान्तिनगरको जनकल्याण मावि सिमसुन्दरपुर सम्मका रहेकाछन् । यी विद्यालयहरुमा अटोमोवाइलदेखि कम्प्यूटर प्राविधिक र विद्युत इले क्ट्रिकल सम्मका विषयहरुमा पढाई भइराखेको छ । स् वरो जगारमूलक शै क्षिक विकास गर्ने  उद्दे श्यका साथ ती विद्यालयहरुले प्राविधिक शिक्षाका विषयहरुलाई प्राथमिकतामा राखि अध्ययन, अध्यापन गराइरहेको वताएकाछन् ।
यसरी हेर्दा दाङ प्राविधिक शिक्षाको हब बन्दै गइरहेको छ । एक दशक अघि जिल्लामा लालमटियास्थित एउटा मात्र प्राविधिक शिक्षालय रहेकोमा अहिले थपिदै गएका प्राविधिक कलेज र स्कूलहरुलाई हेर्दा दाङ प्राविधिक शिक्षाको विकास तर्फ अघि बढेको स्पष्ट बुझन सकिन्छ । जिल्लामा अहिले सल्यान, रोल्पा, रुकुम, प्यठान, मुगु, जाजरकोट, बाँके, बर्दिया,कैलाली समेतबाट प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको संख्याबढ्दो छ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी)बाट मान्यता प्राप्त स्कूल र कलेजहरुमा सिभिल इञ्जिनियरिङ,सव–ओ भरसियर,बाली विज्ञान,सूचना प्रविधि, बाली विज्ञान, पशु विज्ञान, विद्युत इले क्टिकल आदि विषय तर्फ विद्यार्थीहरुको पढाई केन्द्रित भइरहेको देखिन्छ । केही विद्यालयहरुले यसै शैक्षिक शत्रदेखि कृषि विज्ञान (आई.एस्सी.एजी) को समेत पढाई शुरु गर्ने तयारी थाल्नुले दाङ प्राविधिक शिक्षाको हव बन्ने कुरा निश्चित छ । जसले सिपमुलक र दक्ष्य जनशतिm उत्पादन गर्नमा ठुलो सघाउ पु¥याउने छ । प्राविधिक शिक्षा तर्फको बढ्दो आकर्षणतालाई प्रमोड गर्न यहाँ स्थानीय तहहरु अझ व्यवस्थित ढंगले लगानीको वातावरण तयार गर्न लाग्नुपर्ने देखिन्छ ।
आजको सन्र्दभमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्न आवश्यक छ ।जुन विषय अध्ययन गरिन्छ,त्यो सिर्जनात्मक श्रम शक्तिको उत्पादक बन्न सक्नुपर्छ । देश विकासको मुख्य आधार शिक्षा प्रणाली हो । त्यसैले,अब सरकारले प्रत्येक स्थानीय तहमा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाको विदेश पलायनको अवस्थालाई रोक्न जरूरी छ । आजका हरेक युवालाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश समृद्धिको महाअभियान पनि सफल हुने देखिन्छ । देशलाई आर्थिक विकासमा समृद्धि बनाउने जुन सपना छ,त्यसलाई मूर्त रूप दिनु राज्यको उत्तरदायित्व हो । अहिलेको शिक्षा प्रणाली परिमार्जनगरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने छ । मुलुक भित्रै बेरोजगारी र अवसरको कमीले गर्दा उच्च शिक्षा हासिल गरेका युवाहरु विदेश पलायन भइरहेका छन । यो देशका लागि ठूलो क्षति हो । त्यसैले, हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ ।व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले तल्लो लेवलदेखि प्राविधिक शिक्षा अति आवश्यक र अनिवार्य भइसकेको छ । त्यसैले सरकारले रोजगारी मूलक शिक्षा दिनु जरुरी छ र नीतिगत रूपमै शिक्षामा सुधार गर्न जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *