पानी तामाको भाँडामा राखेर पिउनु राम्रो

  
  प्रकाशित मितिः बुधबार, भदौ २०, २०७५       | 127 Views   ||

थुप्रै अध्ययनले तामाको भाँडामा राखिएको पानी मानव स्वास्थ्यका लागि फाइदा जनक हुने कुरा सावित गरेका छन । आयुर्वेदले पनि यस्तो पानी पिउनाले थुप्रै रोगको खतरा कम हुने बताएको छ । तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरको दूषित पदार्थ वा टक्सिनहरूलाई बाहिर निकाल्न मद्दत गर्छ । हरेक विहान खाली पेट यस्तो पानी पिउने हो भने पर्याप्त लाभ लिन सकिन्छ ।

तामाको भाँडामा कम्तीमा पनि ८ घन्टा राखिएको हुनुपर्छ, अनि मात्र त्यसबाट फाइदा उठाउन सकिन्छ ।
तामाको भाँडामा राखिएको पानी पिउँदा कोलेस्ट्रल बढ्न पाउँदैन र मुटुरोग हुन बाट बचाउँछ । तौल घटाउँछ । शरीरका विषाक्त पदार्थलाई बाहिर पठाउन मद्दत गर्छ अर्थात् यसले बढी डिटक्स गर्छ । फलस्वरूप तौल बढ्न रोक्छ । जोर्नीको दुखाई कम गर्छ । तामाको भाँडामा राखिएको पानीमा त्यस्तो युरिक एसिड पाइन्छ, जसलाई नियमित विहान,बेलुका पिउनाले जोर्नीको दुःखाइ कम गर्न सहयोग पु¥याउँछ । तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा कपर पाइन्छ,जसलाई पिउँदा शरीरमा रगतको कमी हुन पाउँदैन् । तामाको भाँडोमा राखिएको पानीमा विद्यमान कपरले थाइराइड नामक हर्मोनलाई सन्तुलित पार्छ र थाइराइडको समस्या हुन दिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *