अटो रिक्सामा चलेको जानकी र नवीनाको जीवन

  
  प्रकाशित मितिः बिहिबार, भदौ २१, २०७५       | 192 Views   ||

जनक नेपाली दाङ ÷ सल्यान वागचौर नगरपालिका– ५ की जानकी भन्डारी र उनका श्रीमान झण्डै ८ बर्ष पहिले दाङको घोराहीमा आए । घोराही बजार योे दम्पतीका लागि अत्यन्तै फरक थियो । दुधे नानी काखमा च्यापेर दाङ झरेका यी दम्पती आजभोली बजारसँगै गाउँ वरपरका सबैसँग सम्बन्ध जोडेकाछन् । गाउँको पाखो वारी बेचर अटो रिक्सा किनेपछि यो दम्पतीको बजारबसाई सहज भएको छ । र जीवनमा केही नयाँपनको आभाष यो दम्पतीले गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ मा बस्दै आएकी जानकीलाई उनका भाईले अटोरिक्सा चलाउँन सिकाएपछि उनको जीवन फेरिएको उनको भनाई छ । गाउँघरमा ड्राईभिङ पेशा पुरुषको मात्र भएको भन्ने मान्यतालाई चिदैं अटो चलाउन शुरु गरेको जानकी वताउँछिन् । उनलाई श्रीमानले पनि साथ दिएकाछन । श्रीमान विदेशमा गएर कमाउँछन भने जानकी अटो चलाएर माासिक २० देखि ३० हजारसम्म आम्दानी गर्छिन् । जानकीले आफू पढ्न नपाउँदा निकै दुःखी भएपनि २÷४ पेशा कमाएर छोरीलाई भने राम्रोसँग पढाउने सपनालाई पुरा गर्ने उनको संघर्ष जारी छ । मैले शुरुमा अटो चलाउँदा कुरा नकाट्ने मान्छे कोही थिएनन होला तर मैले केही दिइन् जानकीले भनिन् । माइती घरदेखि नै आम्दानीको श्रोत नहँुदा निकै कष्टपूर्ण जीवन झेल्दै आएकी जानकीले कहिले होटलमा त कहिले अर्काको घरमै ज्याला,मजदुरी गदै आएको र अहिले भने रिक्सा चलाउँदै आएको उनले वताइन् ।
पुरुषले कहिले अपशब्द बोल्दा जिस्काउदा, गालीगर्दा मन दुख्छ, दुखेर के गर्नु आखिर काम गर्नुपर्छ नै ! अटो चलाएर छोरा,छोरीलाई पढाउँदै र केही बचत गदै आएको जानकी बताउँछिन् । सल्यानकी जानकी मात्र होइन रोल्पाकी नवीना बुढाको जीवन पनि उसैगरी चल्दै छ ।

जीवनमा शिक्षण पेशा अंगाल्ने ठुलो सपना बोकेकी बुढाको शिक्षक बन्ने सपना सपनामै गुर्जेको उनले वताइन् । सानै उमेरमा आमा,वुवाले विवाह गरिदिदा पढ्न नपाएको दुखेसो पोख्दै बुढा भन्छिन – ‘अहिले अटो चलाएर जीवन गुर्जानु परेको छ’ ।जीवनमा श्रीमानबाट निकै सास्ती खेपेको पीडा नवीना सुनाछिन् । श्रीमानले विवाह गरेको एक महिना मै छाडेर ८ बर्ष हराएपछि जीवन धान्न केही गर्नुपर्छ भनेर अटो चलाउँदै आएको नवीनाको भनाई छ । अटो चलाउन थालेदेखि दैनिक १ हजारदेखि १५ सयसम्म आम्दानी गर्न थालेपछि श्रीमानले समेत हेरचाह गर्दै आएको उनी बताउँछिन् । अहिलेको आम्दानीले घरव्यवहार चलाउन समेत सहज भएको नवीनाको अनुभव छ । आफूले पाएको दुःखको स्मरण गर्दै रिक्सा चलाएर भएपनि छोरा,छोरीलाई गोर्खा स्कूलमा पढाउँदै आएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *