कब्जियत हटाउन के गर्ने ?

  
  प्रकाशित मितिः बिहिबार, भदौ २१, २०७५       | 140 Views   ||

कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट,आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खाने कुरामा जोड दिनुपर्छ ः
रेसायुक्त खाना ः गहुँ, मकै, बोक्रा सहितको आलु, हाडेवदाम, तरकारी,जौ जस्ता रेसायुक्त खाना बढी खानाले कब्जियतको समस्या कम हुन्छ । रेसायुक्त खानाले पाचनप्रक्रियालाई सहज बनाउँछ ।
गेडागुडी ः गेडागुडीमा प्रोटिन,भिटामिन र फाइबर प्रचुर मात्रामा हुन्छन् । दिनहुँ यस्ता खाने कुरा खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ ।
मह ः विहान मनतातो पानीमा मह र कागतीको रस मिसाएर खाने गर्नाले कब्जियतको समस्या कम हुन्छ ।
कागती ः कागतीमा सिट्रस एसिडको मात्रा उच्च हुन्छ, जसले आन्द्रामा जम्मा भएका फोहोरलाई निकास गराउन मद्दत गर्छ । खाना, पेय आदिमा कागती दिनहुँ खाने गर्नु कब्जियतको समस्या भएकाका लागि लाभदायक हुन्छ ।
योग ः पेट, आन्द्रा, कलेजो लगायत शरीरका भाग तन्किने खालका योगासन गर्नाले पनि कब्जियतको समस्या कम हुन्छ । विशेषज्ञबाट उपयुक्त योगासन बारे परामर्श लिई दिनहुँ योग गर्नाले दिसा खलास नहुने समस्याबाट क्रमशः मुक्ति पाउँदै गइन्छ ।
पानी ः कब्जियतको समस्या कम गर्ने अचुक उपाय मध्ये पानी एक हो । कब्जियत भएकाले सामान्य मानिसले भन्दा बढी पानी खानुपर्छ । यसले आन्द्रा, पेट आदिलाई सफा राख्छ । फलफूल र तरकारी ताजा फलफूल र तरकारीमा भिटामिन,खनिज र फाइवर प्रशस्त मात्रामा पाइन्छन् । कब्जियत भएकाले फलफूल र तरकारी बढी मात्रामा खानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *