पानीभित्र पनि रेस्टुरेण्ट

  
  प्रकाशित मितिः बिहिबार, भदौ २१, २०७५       | 154 Views   ||

विश्वमा नयाँ नयाँ आविष्कारको होड बाजी चलिरहेको बेला दक्षिणी नर्वेमा पानीभित्र रेस्टुरेण्टको निर्माण भइरहेको छ । सन २०१९ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो रेस्टुरेण्टमा समुद्री खाने कुराका परिकारलाई जोड दिइने बताइएको छ । अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार नर्वेली इञ्जिनियरको स्नो हेट्टा नामक निर्माण कम्पनीले निर्माण गरिरहेको उक्त रेष्टुरेन्ट समुद्री सतह भन्दा पाँच मिटरसम्म गहिरो हुनेछ ।
बाक्लो पर्खाल लगाई निर्माण गरिएको ‘अन्डर’ नामक यो रेस्टुरेण्टमा एकपटकमा १०० जनाले खानपिन गर्न सक्नेछन । समुद्री गतिविधी र जलचरहरुको दृश्यलाई ३६ फिटको सीसाबाट नजिकै नियाल्न मिल्ने हुँदा पर्यटकको आकर्षण बन्ने बिश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *