पिसावले चार्ज हुन सक्छ स्मार्टफोन

  
  प्रकाशित मितिः बिहिबार, भदौ २१, २०७५       | 154 Views   ||

सुन्दा पत्यार नलाग्न सक्छ । तर अब पिसावले स्मार्टफोन रिचार्ज गर्न सम्भव भएको एक अनुसन्धानले देखाएको छ । बेलायतका वैज्ञानिकहरु पिसावलाई करेन्टमा रुपान्तरण गर्न जुटेकाछन् । बेलायतका ब्रस्टल रोवफटिक्स ल्यावका वैज्ञानिकहरु यो शोधमा काम गरिरहेका छन ।
यस प्रयोगको लागि वैज्ञानिकले इलेक्ट्रोन एक्टिव सुक्ष्म जीवले केही सिलिन्डरहरु भरेका थिए । ती जीवहरु पिसाव र फोहोर पानीमा पाइने गर्छन् । यसपछि ती सुक्ष्म जीवमा इलेक्ट्रोन निर्माण हुने र त्यसलाई विजुली उत्पानमा प्रयोग गर्न सकिने वैज्ञानिकहरुको भनाई छ । दुई लिटर पिसावले ३०÷४० मिलीवाट विजुली उत्पादन हुन सक्छ । यो विजुलीलाई फोन चार्ज गर्न र बत्ती बाल्न प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *