धेरै तनाव र चिन्ताले निम्त्याउने स्वास्थ्य समस्या

  
  प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       | 274 Views   ||


तनाव ः तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने र पाचन प्रक्रियामा समस्या हुने गर्छ । तनावका कारण शरीरमा निम्न समस्या हुने गर्छन् ।

आन्द्रामा समस्या ः १३ लाख व्रिटिश र ४५ लाख अमेरिकीमा आन्द्रामा समस्या छ । ७० प्रतिशत डाक्टरले यसलाई साझा पाचन समस्याको रुपमा लिने गरेकाछन् । आन्द्रामा समस्या हुँदा कब्जियत र झाडा पखालाको समस्या पनि हुन सक्छ । आन्द्रामा समस्या हुँदा पेट सुनिने समस्या हुन सक्छ । ९४ प्रतिशत व्रिटिश डाक्टरहरु तनावका कारण आन्द्रामा समस्या हुने मान्छन् । दिमाग र पाचन प्रणाली बीच एक आपसमा सम्वन्धित रहन्छन् ।
अत्याधिक पसिनाको समस्या ः तनावमा हुँदा खेरि शरीरमा अत्याधिक पसिना आउने गर्छ । निराशाको अवस्थामा पसिना आउनु स्वाभाविक हो । मानव शरीरमा ४० लाख पसिना ग्रन्थी हुने गर्छ । धेरैजसो हत्केला, पैताला र कोखामा हुने गर्छ । तनावका कारण पैदा हुने पसिना अलग किसिमको हुने गर्छ । तनाव भएका बेला हाम्रो पसिना ग्रन्थी बढी सक्रिय हुने गर्छ र शरीरमा पसिनाको समस्या हुनेगर्छ ।
दाँतमा समस्या ः अत्याधिक तनाव लिँदा दाँतको समस्या अर्थात बु्रक्सिजम हुने गर्छ । तनावमा हुँदा टाउको दुख्ने गर्छ । टाउको र दाँत एक आपसमा सम्बन्धित हुन्छन् । तनावका कारण अनिद्रा, कान दुख्ने र बङगाराको मांसपेशीमा समस्या हुने आउने गर्छ । बंगाराको मांसपेशीमा समस्या हुँदा यसले दाँतमा असर गर्ने गर्छ । फलतः दाँत नमिल्ने र दुख्ने समस्या हुने गर्छ ।
कपाल झर्ने समस्या ः  अत्याधिक तनावमा हुँदा टाउकोको कपाल समेत झर्ने समस्या हुन सक्छ । अनावश्यक तनाव लिदा कपाल उम्रने छालाको प्वाल पसिना निस्केर चिसोका कारण बन्द हुने समस्या हुन सक्छ । जसको कारण कपाल झर्ने समस्या हुन्छ । कपाल धुँदाखेरी कपाल झर्ने अधिक रहन्छ ।
निद्रा नलाग्ने समस्या ः  तनावका कारण कयौं दिन निद्रा नलाग्ने समस्या हुनसक्छ । तनाव लिएर धेरै चिन्तित बन्दा समयमा निदाउन सकिँदैन । समस्याकै बारेमा चाहिनेभन्दा बढी एकोहोरिएर सोचिरहँदा निद्रा नलाग्ने समस्या हुन्छ । तनावका कारण शरीरमा रहेको हाइपरोसल हर्मोन कम हुने गर्छ जसले निद्रा नलाग्ने समस्या बढी हुनेगर्छ ।
थकान महशुस हुनु ः  अत्याधिक तनावबाट शरीरमा चाँडै थकान महशुस हुने गर्छ । प्रायजसो मान्छे रोजगारी र आर्थिक समस्या कारण तनावमा हुने गर्छ । र, आर्थिक समस्या पर्दा शरीरमा काम गर्ने शक्तिको कमी महशुस हुने गर्छ जसले गर्दा शरीरमा बढी थकान महशुस हुनेगर्छ ।
चिन्ता ः  चिन्ता आफैँमा रोग होइन । तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ । डिप्रेसन निम्त्याउँछ । चिन्ता र तनाव कम गर्न अथवा व्यवस्थापन गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ ।
रोग लगाउँछ ः  चिन्ता र तनाव लिने व्यक्तिमा उच्च रक्तचाप, मधुमेह जस्ता रोग लाग्ने जोखिम बढी रहेको विभिन्न अनुसन्धानले देखाएका छन ।
यौन जीवन बिगार्छ ः  तनाव र चिन्ताका कारण शरीर भित्र उत्पन्न हुने रसायनले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज गरिदिन्छ, जसले गर्दा व्यक्ति यौन प्रति कम इच्छुक हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हार्मोन टेष्टोस्टेरोनको मात्रा कम हुन्छ ।
कपाल झर्छ ः  चिन्ता लिँदा शरीरमा कोर्टिसोल नाम गरेको हार्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरि दिन्छ र कपाल झर्न थाल्छ ।
दाँत विगार्छ ः  चिन्ता बढी लिने व्यक्तिमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने देखिएको छ ।
मुटु कमजोर बनाउँछ ः   चिन्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन् । स्टे«ेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर रक्त सञ्चारमा बाधा उत्पन्न गराउँछ । यस्ता व्यक्तिलाई हृदय घात हुने जोखिम बढी हुन्छ ।
बुढो बनाउँछ ः सधै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बुढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखापर्छ ।
रोग प्रतिरोधी क्षमता घटाउँछ ः  चिन्ता लिइरहने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता घट्न जान्छ, जसले गर्दा त्यस्ता व्यक्तिलाई रुघाखोकी, ज्वरो जस्ता रोग लागिरहन्छ ।
जिनमा असर गर्छ ः  चिन्ता लिनाले मानिसको जिनमै बदलाव आउँछ । शरीरमा कति बोसो लाग्ने, रोग प्रतिरोधी क्षमता कस्तो हुने, बुढ्यौली कहिले शुरु हुने, क्यान्सर लाग्ने कि नलाग्ने भन्ने कुरा जिनले धेरै हदसम्म निर्धारण गर्ने गर्छ । चिन्ता लिने व्यक्तिको जिन यी स्वास्थ्य समस्या निम्त्याउने किसिमले ‘मोडि फाइड’ हुँदै जान्छ ।
दिमागमा असर गर्छ ः  चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरि दिन्छ । परिणामतः व्यक्तिको स्मरण शक्ति घट्छ ।
शरीरमा विकार बढाउँछ ः  चिन्ता लिँदा बोसो र चिनीयुक्त खाना प्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ ।
जीउ दुख्छ ः  चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ । निरन्तर चिन्ता लिने व्यक्ति जीउ दुख्ने समस्याबाट आक्रान्त हुँदै जान्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *