विकृत तीज ः होटलमा दर कन्सर्टमा नाच

  
  प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       | 136 Views   ||

जनक नेपाली
घोराही ÷तीज आउँदा त्यसको रमझममा महिला दिदीबहिनीहरु रम्नु स्वाभाविक छ । तर महिना दिन अगावै होटेल र बजारका चोक,चोकमा तीजको दर खाने प्रचलन बढ्दै जाँदा त्यसले वास्तविक तीज संस्कृतिको मानमर्दन गरेको देखिन्छ । तीजको बहाना बनाएर महङ्गा अनि रंगी,विरङ्गी पोशाक र गहनाको प्रर्दशन गदैैं होटेलमा महिनौसम्म नाचगान र दर खाने कार्यमा व्यस्त रहने घरानिया महिलाहरुको संस्कृति जस्तै बनिसकेको छ । चेलीहरु घरबाट माइत जाने र संगी,साथी भेट भएर आपसी प्रेम साट्दै तीजका लोक भाकामा छमछम नाच्ने मौलिकतामा आजभोलि कमि आउँदै जान थालेको छ ।

व्यक्तिको आर्थिक हैसियत अनुसार पर्व र संस्कृतिहरु विभाजित हुँदै जान थालेकाछन् । महिलाहरुको आर्थिक हैसियत अनुसार तीज मान्ने परम्परा पनि फरक,फरक आइरहेको छ । बर्ष दिनमा एकपटक खाइने दरको परिकारमा मासु,वियर मिसाइन थालिएको छ । यसले तीज संस्कृतिको सामाजिक र मौलिकतालाई विकृत बनाउदै लगेकोमा धेरै संस्कृत विद्हरुले चिन्ता व्यतm गरिरहेकाछन् ।
तीज आउनु हप्ता अगाडि नै विभिन्न व्यतिm र संघ,संस्थाहरुले घोराहीमा कन्सर्टहरुको आयोजना गरी तीजको नाच र गीतहरुलाई भद्धा र विकृत बनाइरहेकाछन् । दोहोरो अर्थ लाग्ने गीत र उतेजक नाचको प्रदर्षनीले तीज पर्वलाई नै गिज्याइरहेको महिला अगुवाहरु बताउने गर्छन । तीज मिलनका नाममा राखिने यस्ता कन्सर्टहरुले हाम्रो परम्परा र संस्कृतिको प्राकृतिक स्वरुप मदै जाने घोराही कि दिलकुमारी बुढा बताउनु हुन्छ । ‘तीज मिलन कार्यक्रमका नाममा नाचिने उल्छिङ्कल्ता र भड्किला नाच र गीतले समाजको सामाजिक रुपलाई नै विर्गादै लगिरहेको छ’ । भित्री बस्त्र देखिने गरी आधा मात्र शरीर छोपेर लगाइने कपडाले सामाजिक अपराध बढाउनमा प्रसय दिएको दिलकुमारीले बताउनु भयो । यस्ता छाडा क्रियाकलापलाई बढ्वा दिनुलेनै बलात्कार जस्ता जघन्य अपराध बढ्दै गएको उहाँ बताउनु हुन्छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङका अध्यक्ष वालिका शर्माले तीज भड्किलो हुनमा महिलाहरुनै दोषी भएको बताउनु हुन्छ । ‘घरजग्गा बन्धकी राखि महंगा र भड्किला गहना र पहिरन शो गर्नु समाजकै लागि दुःखत पक्ष हो’ शर्माले भन्नुभयो–‘शहरका चोकमा दर खाने नाममा महिलाहरुनै लुकीछिपी मादक पदार्थ सेवन गर्न पछि पर्दैनन’ । यसैले हाम्रो परम्पराको संरक्षण गर्न नसकिने उहाँको भनाई छ । त्यसै कारण तीजमा आएको विकृतिलाई रोक्न महिलानै अग्रसर हुनुपर्नेमा उहाँ लगायत महिला अगुवाहरुको जोड् रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *