अम्बा खादाका फाइदा

  
  प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       | 278 Views   ||

अम्बा अत्यन्त स्वादिलो फल हो । यसमा आयुर्वेदिक औषधीय गुण पनि हुन्छ । फल मात्र नभएर यसको पात पनि औषधिका रूपमा प्रयोग गरिन्छ । अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोविन पाइन्छ । काँचो र पाकेको दुबै अवस्थाको अम्बा स्वस्थकर हुन्छ । आधा पाकेको अम्बाले पेट सम्बन्धी रोगका लागि फाइदा पु¥याउँछ । पाकेको अम्बाले तागत बढाउन समेत मद्दत गर्छ ।
त्यसैगरी, पेट सफा गर्न, दाँतलाई बलियो बनाउन र भोक जगाउन अम्बा सेवन गर्दा हुन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने भएकाले रोगसँग लड्ने क्षमता बढाउँछ । दम, खोकी, वायु, गोला हुँदा यसको सेवन गरिन्छ । पेटमा चुर्ना परेका वेला,टन्सिल हुँदा यसको पात र बोक्राको प्रयोगले फाइदा गर्छ । साथै, आउँ, रगत हुँदा पनि यसको प्रयोगले निको पार्छ । झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा सन्चो हुन्छ । मधु मेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदा जनक हुन्छ । यसले रगतमा चिनीको मात्रा कम गराउँछ । अम्बाको पातले कार्बोहाइड्रेटमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *